जनप्रतिनिधिलाई कोभिडसम्बन्धी सचेतना तालिम



पाल्पा ।

बगनासकाली गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि कोभिड–१९ नयाँ स्वरूपसम्बन्धी सचेतना जोखिम न्यूनीकरण तथा व्यवस्थापन तालिम बगनासकालीमा सम्पन्न भएको छ । ग्रामीण स्वावलम्बन विकास केन्द्र काठमाडौंको आयोजना, बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बगनासकाली–८ बरांगदीको व्यवस्थापनमा कार्यक्रम भएको हो ।

बगनासकाली गाउँपालिकाको समन्वय स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले कोभिड–१९ पाल्पा जिल्लामा परेको प्रभाव र हालको अवस्था तथा यसको जोखिम न्यूनीकरणका लागि जनप्रतिनिधिहरुको भूमिका विषयमा सहजीकरण गर्नुभएको थियो । बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले कोभिड–१९ ले बगनासकाली गाउँपालिकामा परेको प्रभाव र पालिकाअन्तर्गत भएका कामका बारेमा जानकारीसहित सहजीकरण गर्नुभएको थियो ।

सुआहारा कार्यक्रमकी जिल्ला स्रोत व्यक्ति अनिता श्रेष्ठले कोभिड–१९ जोखिम न्यूनीकरणमा जनप्रतिनिधिहरुको भूमिका, व्यक्तिगतरूपमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा मापदण्डलगायतको बिषयमा सहजीकरण गर्नुभएको थियो ।

गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँपालिकाले कोभिड–१९ महामारी न्यूनीकरण र कोभिड प्रभावितका लागि पालिकाले उचित कार्यक्रम बनाएर अगाडि बढेको बताउनुभयो । गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी दर्लामीले कोभिड अस्पताल निर्माणसँगै कोरोनाका बिरामीलाई उपचार सहयोग लगायतका विभिन्न कार्य पालिकाले गर्दै आएको बताउनुभयो ।

जिल्ला सहकारी संघका पाल्पा जिल्ला अध्यक्ष भूपति पाण्डे, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिना, बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण भुसालले कोभिडका विरुद्ध सचेतना अपनाउन सकेमा यसवाट पार पाउन सकिने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्