महेन्द्र माविका विद्यार्थीलाई स्काउट पोशाक वितरण



गुल्मी ।

गुल्मी जिल्लाको महेन्द्र माध्यमिक विद्यालयमा स्काउटिङ शिक्षा पुर्‍याउने लक्ष्यका साथ स्काउट पोशाक वितरण गरिएको छ । नेपाल स्काउट लुम्बिनी प्रदेशको आयोजनामा जिल्ला सदरमुकाम तम्घासमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीलाई स्काउट पोशाक वितरण गरिएको हो ।

विद्यालयमा अध्ययनरत ३२ जना विद्यार्थीलाई एक कार्यक्रम आयोजना गरी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले स्काउट पोशाक वितरण गर्नुभएको थियो । पोशाक वितरणपश्चात् प्रमुख जिल्ला अधिकारी पौडेलले स्काउट शिक्षाले बालबालिका र युवालाई कर्तव्य परायण बनाउने जिकिर गर्नुभएको थियो ।

स्काउट शिक्षालाई अभियानकै रूपमै लैजानुपर्नेमा उहाँको जोड थियो । कलिला बालबालिकालाई अनुशासित बनाउन नेपाल स्काउटले कार्यक्रम अगाडि सारेको नेपाल स्काउट लुम्बिनी प्रदेशका संयोजक दीनानर्थ भट्टराईले बताउनुभयो । नेपाल स्काउट लुम्बिनी प्रदेशको तदर्थ समिति निर्माण भएपछि स्थानीय तहसँग समन्वय गरेर बालबालिकालाई स्काउटिङ शिक्षाप्रति कसरी आकर्षण गर्न सकिन्छ भनेर योजना बनाइएको उहाँको भनाइ छ ।

पोशाक वितरण कार्यक्रममा रेसुंगा नगरपालिका उपप्रमुख सीता भण्डारी, विद्यालय व्यवस्थापन समिति सदस्य घनश्याम पाण्डे, विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीलगायतले स्काउट शिक्षाले बालबालिकालाई सामाजिक सेवाभावप्रति आकर्षित गराउन भूमिका खेल्ने बताएका थिए ।

जिल्लामा १२ वटै सथानीय तहमा स्काउटको संठन विस्तार भएको छ । नेपाल स्काउट लुम्बिनी प्रमुख तारा पुरी, प्रदेश सदस्य भरत अर्याल, कपुर घिमिरे, विद्यालयका स्काउट शिक्षलगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्