लगानीकर्तालाई एक सातामा २ खर्ब नोक्सान



काठमाडौं  । 

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक यो साता ५ दशमलव ३३ प्रतिशतले घटेर २५८६ दशमलव १९ बिन्दुमा झरेको छ । अघिल्लो साता नेप्से २७३१ दशमलव ७८ बिन्दुमा रहेको थियो ।

पहिलो दिन ८० दशमलव २९ अंक, दोस्रो दिन २१ दशमलव ४८ अंक र तेस्रो दिन १ दशमलव ६४ अंक घटेको थियो । चौथो दिन ५ दशमलव २८ अंकले बढे पनि अन्तिम तथा पाँचौ दिन पुनः ४७ दशमलव ४७ अंकले नेप्सेमा गिरावट आएको हो ।

नेप्सेम गिरवाट भएसँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण ३६ खर्ब ३५ अर्ब ७६ करोड ४३ लाखमा रुपियाँमा झरेको गत सातासम्म बजार पुँजीकरण ३८ खर्ब ३४ अर्ब ४८ लाख रहेको थियो । गत साताभन्दा यो साता शेयर लगानीकर्ताको सम्पत्ति १ खर्ब ९८ अर्ब २४ करोड रुपियाँले घटेको छ ।

यो साता शेयर कारोबार कित्ता बढे पनि कारोबार रकम भने घटेको छ । गत साता २० अर्ब ४५ करोड ९५ लाख ९२ हजार बराबरको ३ करोड ७८ लाख ४० हजार कित्ता शेयर कारोबार भएकोमा यो साता १९ अर्ब ८ करोड ८७ लाख ८९ हजार बराबरको ३ करोड ९८ लाख १९ हजार कित्ता शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्