एकै मञ्चमा छानिए ४ विजेता

0
Shares

एकै मञ्चमा ४ विजेता छानिएका छन्। शनिबार अबेर साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाच घरमा लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेसनल २०२१माजुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन्।

प्रतियोगितामा रिदम नेपाल र आयुषखत्री जुनियरतर्फ लिटिल प्रिन्स इन्टरनेसनल विजेता भए भने एलेक्स महर र सरल्या बज्राचार्य फस्ट तथाएलिस अर्याल र आरोही खरेल सेकेन्ड रनर्सअपभए। सिनियरतर्फ स्पन्दन त्रिपाठी शीर्ष विजेता बन्दा शुभ मथापा फस्ट र दिव्यांश अर्याल सेकेन्ड रनर्सअपभए। टिन प्रिन्सेस इन्टरनेसनलतर्फ कृषा खड्गी विजेता घोषित भइन्, प्रशंसा आचार्य र विभूति बस्नेत क्रमशःफस्ट र सेकेन्ड रनर्सअप भए।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रालिद्वारा आयोजित प्रतियोगितामा अभिनेत्री सञ्चिता लुइँटेल, फिल्म निर्देशक दिवाकर भट्टराई, व्यवसायी रोजीखुसी पाठक, गीतकार, कवि तथा पत्रकार निलिमा मास्के श्रेष्ठ निर्णायक रहेका थिए। प्रतियोगिताको कोरियोग्राफी राज फैजुले गरेका थिए।सबै विजेताले इन्डोनेसियाको बालीमा हुने लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने आयोजकले जनाएका छन्।