कांग्रेस काभ्रेमा चुनावी सरगर्मी : जिल्ला सभापतिमा तीर्थ र अच्युतबीच प्रतिस्पर्धा


मोतीराम तिमल्सिना, काभ्रे ।

बुधबार साँझ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ को मतपरिणाम आए लगत्तै शुक्रबार बनेपामा हुने नेपाली कांग्रेसको जिल्ला अधिबेशनका लागि वर्तमान उप सभापति अच्युत पौड्याल र निर्वतमान क्षेत्रिय सभापति तीर्थ लामा बीच जिल्ला सभापति पदमा प्रतिस्पर्धा हुने भएको छ ।
दुई समुहबाट प्रतिस्पर्धामा सहभागि हुने दुबै उम्मेदवारले आफ्नो जीत सुनिश्चित भएको बताएका छन् ।

प्रदेश र प्रतिनिधि सभाको अधिबेशन सकिए लगत्तै नेपाली काँग्रेसको जिल्ला अधिबेशनमा कडा प्रतिस्पर्धा हुने भएको हो । क्षेत्र नम्वर १ मा तीर्थ लामा र क्षेत्र नम्वर २ मा अच्युत पौड्याल बलिया उम्मेदवारका रुपमा प्रस्तुत भएका हुन् । ‘महाधिबेशन प्रतिनिधिमा विजयी गराउनु भएकोमा धन्यवाद ।

अब म सभापतिमा उठ्छु’–उपसभापति समेत रहेका अच्युत पौडेलले भने–‘सभापतिमा मेरो उम्मेदवारी र हाम्रो समुहको तर्फबाट विजयी सुनिश्चित छ ।’ उता तिर्थ लामाले मसिंर १ गते तामझामका साथ सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका थिए । महाधिबेशन प्रतिनिधिमा निर्वाचित हुनु अगावै जिल्ला सभापतिमा लामाले उम्मेदवारी घोषणा गरी आफु बलियो उम्मेदवार भएको दावी प्रस्तुत गरेका थिए ।

फलस्वरुप उनले १ हजार ६१ मत ल्याई सर्वाधिक लोकप्रिय बने । ‘मेरो उम्मेदवारीले सिंगो काभ्रे काँग्रेसलाई एकतामा बदल्नेछ’–उम्मेदवार तिर्थ लामाले भने–‘टिम शशक्त भएकाले जित निश्चित छ ।’ नेपाली काँग्रेसमा पहिलो पटक तामाङ समुदायबाट लामाले सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सभापति उठ्ने चर्चा भएका तिर्थ पसखललाई भने महाधिबेशन प्रतिनिधिमा नै पराजय गराएका छन् । आचार्य समुहका पसखल पराजय भए पछि अच्युत पौडेल निर्विकल्प उम्मेदवार भएका हुन् । अब शिव हुमागाई केन्द्रिय सदस्यमा, मधु आचार्य प्रदेशमा उठ्ने चर्चा छ ।

कांग्रेसका विजयी सभापतिहरु

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश सभा क मा केन्द्रिय सदस्य शिव हुमागाई निकट राम योञ्जन निर्विरोध निर्वाचित भएका छन् । योञ्जन हुमागाई निकट हुन् । जिल्ला सभापति मधु आचार्य समुहले उक्त क्षेत्रमा उम्मेदवारी नै दर्ता गर्न सकेन । सोहि प्रदेशका सबै पदाधिकारीहरु सर्वसम्वत भएका छन् । प्रदेश सभा ख मा हुमागाई निकट चन्द्रबहादुुर तामाङ र आचार्य निकट रोशनराज पाण्डे बीच प्रतिस्पर्धा भएको थियो । उक्त क्षेत्रमा हुमागाई निटक तामाङ विजयी भए ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को क मा हुमागाई समुहका हेमबहादुर तामाङ विजयी भएका छन् । त्यस्तै सोहि निर्वाचन क्षेत्रबाट प्रदेश सभा ख मा सभापति आचार्य समुहबाट रामहरी श्रेष्ठ वजयी भएका छन् । त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा दिनेश लामा र प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा सुन्दरमणी आचार्यले हुमागाई समुहबाट उम्मेदवारी दर्ता गराएका थिए ।

आचार्य समुहबाट क्षेत्र नम्वर १ मा विष्णुमाया पुलामी र क्षेत्र नम्वर २ मा महेश खरेलले उम्मेदवारी दर्ता गराएका थिए । पुलामीलाई दिनेश लामाले फराकिलो मतान्तरले पराजित गरेका छन् । दिनेश लामाको १०४१ मत प्राप्त भएको छ भने पुलामीको १ सय ३७ मत प्राप्त भएको छ । आचार्य समुहबाट उठेका केहि बाहेक अधिकांश पराजित भए ।

सचिव किशोरराज गिरी र विद्यासागर लामा अत्याधिक मतले विजयी भएका छन् । सहसचिव गणेश अधिकारी र पदमबहादुर लामा विजयी भए । सभापतिमा उम्मेदवार हुने चर्चा गरेका तिर्थ पसखल महाधिबेशन प्रतिनिधिमा पराजय भए । गणेश लामा र सिवी लामा आचार्य समुहबाट विजयी भए । आचार्य समुहबाट उम्मेदवार भएकाहरु मध्ये अधिकांशको लज्जासजनक पराजय भएको छ ।

कानुन विपरित शिक्षकहरु उम्मेदवार बनेका छन् । केहि शिक्षकहरु विजयी पनि भएका छन् । निर्वाचन आयोगले दल वा शिक्षक एक रोज्न अनुरोध गरिसकेको छ । डन भनिने बलराम सापकोटा ‘बले’ पनि आचार्य समुहबाट पराजय भएका छन् ।

केहि पदमा निर्विरोध भएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा कडा टक्करका बीच आचार्य समुहका महेश खरेलले बीजय हासिल गरेका छन् । आचार्य समुहबाट अधिकांश पदाधिकारी, महाधिबेशन प्रतिनिधिहरु विजयी भएका छन् ।

हुमागाई समुहका ६ जना महाधिबेशन प्रतिनिधि विजयी भएका छन् भने १९ जना आचार्य समुहबाट विजयी भएका छन् । भोली जिल्ला अधिबेशनका लागि आचार्य समुहबाट सम्भवत अच्युत पौडेललाई उठाउने सम्भावना छ । यो क्षेत्रमा हुमागाई निकट प्रतिनिधिहरु कमजोर भए ।