जबराले त कति खाएखाए उनले नियुक्ति गरेकालाई पनि श्रीमान् भन्दैनौँ : थापा


न्युज अफ नेपाल, काठमाडौं । 

नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष शम्भु थापाले प्रधान न्यायाधीश चोलेन्द्र सम्सेश जबरा र उनले नियुक्ति गरेका न्यायधिसले ठुलो भ्रष्टाचार गरेको आरोप लगाउनुभएको छ । जबराको राजीनामाको माग गर्दै आन्दोलन गरिरहेको बारको पोखरा आन्दोलनमा सहभागी हुँदै थापाले जबरामा मुख्य न्यायाधीशमा हुनुपर्ने कुनै गुण नभएको बताउनुभयो ।

उनले कानून विद् चिन्ने एकमात्रै मार्ग बार एसोसिएसन रहेको बताउँदै बारबाट नभई व्यक्तिको भरमा प्रधान न्यायाधीश बन्दा संविधानको धज्जी उडेको बताउनुभयो । बारको आन्दोलन सुरुवात मात्रै भएको चेतावनी दिँदै उनले मुद्दा फैसला कसले गर्ने भन्ने पूर्व सेटिङको समेत पर्दाफास गरी नयाँ व्यवस्था बसाल्नुपर्नेमा जोड दिनुभयो ।

‘बार एसोसिएनसले चिन्दछ कानून विद् । कानून विद्को प्रतिनिधित्व हुन्छ भनेदेखि त्यो नेपाल बार एसोसिएसनले पठाउनुपर्दछ । कानून विद्लाई किन अनुरोध गर्ने भन्दाखेरी दक्षताका लागि’ उहाँले भन्नुभयो,‘तपाईँ र मैले खोज्नुपर्ने लामो कुरा केही छैन । बेन्चमा बसीरहको न्यायाधीशको सन्दर्भमा तपाईँ कानून व्यवसायीको अधिकार मौलिक हकमा संरक्षित छ । तर, तपाईँ र मलाई हेला गरेर अपहेलित गरेर यो न कमन ल, न कानूको यहाँ त व्यक्तिगत नियुक्ति छ । व्यक्ति प्रति झुकाव छ । ’ यो कुरा पनि बुझ्नु जरुरी छ, यो आन्दोलनको पहिलो प्रधान न्यायधीशले प्रधान न्यायाधीशको पद छोड्नुपर्छ भनेर न्यायाधीश समाजले भन्यो पहिला । यीनका जेठान डाका हुन्, न्यायमा खरिदबिक्रि भएकै हो । जब भनियो १९ जना न्यायधीशहरु बेन्चमा बसेनन् । लगालग बसेनन्, मुद्दा हेरेनन् । ’ कसैले आएर भनोस् न ‘चोलेन्द्रले घुष खादैनन् । त्यो वाईयात कुरा हो । सिद्धा नामै लिएर । यिनले घुस खाएका छैनन् । म एउटा उदाहरण दिन्छु हरीशरण पाण्डेहरुको इन्जिनियर कलेजको त्यसको मुद्दा विचाराधीन छ । तपाईँहरु प्रिन्सिपललाई गएर सोध्नुस । ३ चोटि उनको भाइले आएर मेरो अफिसमा भन्यो प्रिन्सिपलले तपाईँ मलाई भेटेर रकम,कलम दिनुहुन्छ भने दिनुस् आज मुद्दै भनिदिन्छु । दिनुस् नभए तपाईँको विपाक्षीले जित्छ । जुन पाण्डेजी हरी जी हरु यो सार्वजनिक सम्पत्ति भन्ने । अर्को म नाम लिन्न वहाँहरूले पैसै मागे हालत यस्तो छ । एउटा होइन दुईटा होइन कहिले काहीँ त बेच्नबाटै थुतेर फ्याँकौँ जस्तो हुन्छ ’ उहाँले भन्नुभयो ।