विद्यालय बन्द गरेर कांग्रेस अधिवेशनको मतदानस्थल बनाइयो


सीताराम अधिकारी, धादिङ । 

नेपाली कांग्रेसको १४ औँ जिल्ला अधिवेशन तयारी अन्तरगत धादिङको २ नम्बर क्षेत्रीय अधिवेशन र प्रदेश अधिवेशनको मतदान स्थल विद्यालयलाई बनाएको छ । नीलकण्ठ माध्यमिक विद्यालय मंगलबार  बिदा गरेर नेपाली कांग्रेसले मतदान स्थल बनाएको हो ।

नेपाली कांग्रेसको २ नम्बर क्षेत्रीय निर्वाचन र प्रदेश अन्तरगत क र ख क्षेत्रको निर्वाचन गर्नुपर्ने भएकोले विद्यालय बन्द भएको थियो । विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीले विद्यालयको पहिलो त्रैमासिक परिक्षको रिजल्ट बनाउन शिक्षकहरू लागेको र विद्यार्थीहरू विद्यालय नआएकोले विद्यालय बिदा जस्तो भएको बताउँदै काँग्रेसको निर्वाचन समेत यही बेला परेकोले संयोग परेको बताउनुभयो ।

विद्यालयमा राजनीतिक गतिविधि सञ्चालन नगर्ने प्रतिबद्धता भएपनि सदरमुकाम रहेको नीलकण्ठ माध्यमिक विद्यालयमा भने नेपाली काँगेसको कार्यक्रम हुने गरेको छ ।