बैतडीमा जन्ती बोकेको जीप दुर्घटना, ४ जनाको मृत्यु


विनोद सिंह विष्ट, बैतडी ।

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । देहिमाडौंमा जन्ती बोकेर सीमायल तफए गइरहेको म १ ज ३१० नम्बरको जीप राती करिब साढे ८ बजे दशरथचन्द नगरपालिका ४ को कलुवाडमोडमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि ४ जनाको घटनास्थलमै मृत्यु भएको बैतडीका निमित्त प्रहरी प्रमुख, बोधराज ओझाले जानकारी दिए । उनले भने‘कम्तीमा चार जनाको मृत्यु भएको छ, थपिन पनि सक्छन,अहिले उद्धारमै छौं ।’ दुर्घटनामै परेर अन्य ३ जना गम्भीर घाइते रहेका छन् । मृतक र घाइतेको परिचय खुलेको छैन् । घाइते र मृतकलाई जिल्ला अस्पताल लगिएको छ ।

जीप सडकबाट ७ सय मिटर तल खसेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । दुर्घटनाको कारण खुल्न सकेको छैन् भने विस्तृत विवरण पनि आउन बाँकी रहेको छ ।