टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

0
Shares

न्युज अफ नेपाल, रुपन्देही ।

रुपन्देहीमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको सम्मरीमाई गाउँपालिका(७ मेडरहवास्थित सडकमा बाटो क्रस गर्ने क्रममा बागमती प्रदेश ०३-००१ क ०२५२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६२ वर्षीय सन्तराम लोधको आइतबार घटनास्थलमै मृत्यु भएको छ ।

टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।