पार्टीका उम्मेदवार बनेका पत्रकारलाई कारबाही गर्ने चेतावनी


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल पत्रकार महासंघले राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेका पत्रकारको सदस्यता खारेज गर्ने चेतावनी दिएको छ । आइतबार विज्ञप्तिमार्फत महासंघमा आबद्ध पत्रकारहरूले विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेकोप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेतर्फ ध्यान दिन महासंघ आग्रह गर्दछ ।’