शुक्रबार थप २९६ जनामा कोरोना संक्रमण पुष्टि, ५ को मृत्यु


न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा शुक्रबार थप २९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ७ सय ७७ पीसीआर परीक्षणका क्रममा २ सय ७१ जना र १ हजार १ सय ९५ एन्टीजेन परीक्षणका क्रममा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १३ हजार ८ सय ५३ पुगेको छ भने कोरोनाका कारण थप ५ जनाको निधन भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ९४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

आज थप ३ सय ६९ संक्रमित कोरोनामुक्त भएसँगै नेपालमा ७ लाख ९९ हजार ५ सय ४५ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ५ सय ३९ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।