सर्वोच्चको फुलकोर्ट बैठकबाट ‘गोलाप्रथा’को व्यवस्था पास


न्युज अफ नेपाल, काठमाडौं ।

सर्वोच्च अदालतको फुल कोर्ट बैठक सकिएको छ । बैठकले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गरेको छ। आज बसेको अदालतको पूर्ण बैठकले नियमावली र संशोधन गरेको र निर्देशिका समेत पास गरेको हो । बैठकबाट नियमावलीको नियम २० मा रहेको निर्देशिका परिवर्तन गरिएको हो ।

यो निर्देशिका अब राजपत्रमा प्रकाशित पछि लागू हुनेछ भने त्यो लागू भएपछि सर्वोच्चका अदालतले गोलाप्रथाबाट आफ्नो पेशी रोज्नेछन् । यससँगै ३ सातादेखि अवरुद्ध इजलास सुरु हुने बताइएको छ ।