मिसेस नेपालको खोजी शनिबारबाट

0
Shares

विवाहित महिलाहरूका लागि आयोजना गरिँदै आएको नेपालको सबैभन्दा ठूलो र सफल प्रतियोगिता मिसेस नेपाल इन्टरनेसनलको आयोजक संस्था रिबन इन्टरटेनमेन्टले यस वर्षदेखि मिसेस वल्र्डको आधिकारिक फ्रेन्चाइजी प्राप्त गरेसँगै मिसेस नेपाल वल्र्डका रूपमाहुने प्रतियोगिता अब वाईवाई मिसेस नेपाल वल्र्ड कानाममा हुने भएको छ।

मिसेस वल्र्डको फ्रेन्चाइजीमा जोडिएसँगै चौधरी ग्रुपको लोकप्रिय चाउचाउ वाई-वाई समेत यो प्रतियोगितामा सामेल भएपछि यसलाई वाईवाई मिसेस नेपाल वल्र्ड २०२१ कानाममा आयोजना गरिने आयोजक संस्थाका अध्यक्ष निशु कान्त झाले जानकारी गराएका छन्। झाका अनुसार मिसेस नेपाल वल्र्डसँगै सोही मञ्चमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल पनि चयन गरिनेछ।

यीती नै प्रतियोगिताका लागि आगामी शनिबार पुरानो बानेश्वरस्थित डाइनिङ पार्कमा अडिसन हुनेछ भने आवेदन संस्थाको शंखमूल स्थित कार्यालय तथानयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलबाट प्राप्तगर्न सकिने जनाइएको छ। आयोजक संस्थाले मिसेस नेपाल वल्र्डको विजेतालाई आगामी २०२२ को जनवरीमा अमेरिकाको लस भेगासमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर मिलाएको छ। यतामिसेस नेपाल इन्टरनेसनलको पाँचाै संस्करण सन् २०१९ मा सम्पन्न भएपनि कोभिड १९ काकारण २०२० मा स्थगितहुनपुगेको थियो भने यस वर्षदेखि परिमार्जित रूपमा यसलाई अगाडि बढाइनेछ।

यो वर्ष मिसेस वल्र्डमा नेपालको पहिलो सहभागिता हुनेछ भने मिसेस इन्टरनेसनल नेपालर एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिंगापुरमाहुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने छन्। अश्विनीझाको कोरियो ग्राफी रहने यी प्रतियोगिताको नियमित तालिम र प्रशिक्षण अगामी मंसिर ८ गतेदेखि नयाँ बानेश्वर स्थित अर्याल इन्टरनेसनल होटलमा हुने बताइएको छ।