रोशीका २ सय ३५ विपन्न छात्रालाई रेष्टको शैक्षिक सहयोग

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीद्वारा रोशी गाउँपालिकामा सचालित कार्यक्रमको सामाजिक लेखा परीक्षण गरिएको छ । अमेरिकन हिमालय फाउन्डेसनको सहयोगमा रेष्टद्वारा सञ्चालित कार्यक्रमहरूको प्रभाव, कार्यक्रमले पु¥याएको योगदान र सुधार गर्नु पर्ने पक्षका बारेमा सरोकारवालाहरूले धारणा राखेका थिए ।

रेष्टले रोशी गाउँपालिकामा बालविवाह, चेलीबेटी बेचबिखन तथा महिला स्वास्थ्यबारे जनचेतना जगाउँदै विपन्न परिवारका १२ कक्षासम्मका २ सय ३५ बालिकाहरूलाई शैक्षिक सहयोग प्रदान गर्दै आएको छ ।

कक्षा १ देखि १० सम्मका बालिकाहरूलाई सिलाई बुनाई कार्यक्रमका लागि ५ सय, ८ र ९ कक्षामा अध्ययन गर्ने छात्राहरूलाई अतिरिक्त कक्षाका लागि १२ सय, कक्षा १० का छात्राहरूलाई ५५ सय र ९ र १० कक्षाका विद्यार्थीहरूलाई अतिरिक्त पुस्तकका लागि ५ सय र अभिभावकहरूको सहयोगका लागि २ हजार रकम उपलब्ध गराउँदै आएको छ ।

वार्षिक प्रशासनिक सहित ३६ लाख १५ हजार २ सय ३८ रुपैयाँ खर्च गरेको उक्त संस्थाले बालिकाहरूको शिक्षामा गरेको सहयोग प्रभावकारी भएको सहभागी बालिका झनकुमारी विकले बताउनु भयो ।

सामाजिक लेखा परीक्षण कार्यक्रममा अनुभव सुनाउँदै छात्रा झनककुमारी विकले विपन्न परिवारका लागि रेष्टको सहयोगले अध्ययन गर्ने अवसर मात्रै नभई भविष्यमा शिक्षिका बन्ने सपना साकार पार्ने योजना रहेको बताउनु भयो ।

रोशी १० की सम्झना पुलामीले कार्यक्रम प्रभावकारी भएकाले कक्षा १२ पछिको शैक्षिक कार्यक्रममा पनि सहयोग गर्न संस्थालाई अनुरोध गर्नु भयो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत परशुराम थापा, शिक्षा शाखा प्रमुख राम तामाङ, शाखागत प्रमुखहरूले गाउँपालिका र रेस्टको कार्यक्रम समन्वय र सहजिकरणमा गर्ने बताउँदै स्थानीयहरूलाई लाभान्वित बनाउन सहयोग पु¥याउने बताउनु भयो ।

कार्यक्रममा स्वतन्त्र सहजकर्ता निर्मल भण्डारीले सहभागीहरूलाई कार्यक्रमका बारेमा भएको अनुभव र अभ्यासका बारेमा धारणा लिनु भएको थियो । संस्थाकी अध्यक्ष कमला अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह कार्यकारी निर्देशक तनुजा बस्नेतले संस्थाले गरेको सामाजिक लेखा परीक्षणको उद्देश्यका बारेमा प्रकाश पार्नु भएको थियो भने कार्यक्रम व्यवस्थापक सुरक्षा ढुंङ्गेललले रेस्टले रोशी गाउँपालिकामा गरिरहेको कार्यक्रमको संक्षेपीकरण प्रस्तुत गर्नु भएको थियो ।

सोही कार्यक्रममा सहयोगी संस्था अमेरिकन हिमालयन फाउन्डेसनका नेपाल निर्देशक ब्रुुस मुर, गैसस महासंघ काभ्रेका अध्यक्ष टोम सापकोटा, जनप्रतिनिधिहरू लगायतले कार्यक्रमका बारेमा धारणा राख्नु भएको थियो ।