देउवा गिरिजा भन्दा पनि क्रुर

जिल्ला सभापतिसहित कार्यकर्ताहरु अनसन बस्न सानेपामा

0
Shares

रामकृष्ण चापागाईं, काठमाडौं ।

आफ्नै पार्टी भित्र न्याय माग्दै केन्द्रिय कार्यालय सानेपामा अनसन बस्न आएका काग्रेस सभापति शेरवहादुर देउवाको गृह जिल्ला डडेलधुराका जिल्ला सभापति कर्ण मल्ल सहितका नेताहरुले क्रियाशिल सदस्यताको विवाद समाधान गरेरमात्र अधिवेशन गर्नुपर्ने बताएका छन् ।

क्रियाशिल सदस्यको विषयलाई लिएर वुधवार देखि पार्टी कार्यालय सानेपामा रिले अनसन जारी छ । पार्टी केन्द्रिय कार्यालयमा अनसनरत जिल्ला सभापति कर्ण मल्लले नेपाल समाचारपत्रलाई जानकारी दिए अनुसार केन्द्रवाट पठाइएको क्रियाशिल सदस्यता खारेज गरि जिल्ला बाट सिफारिस भएको क्रियाशिल सदस्यता कायम नगरेसम्म आन्दोलन जारी रहने बताउनु भएको छ ।

डडेलधुरा जिल्ला सभापति मल्लले जानकारी दिए अनुसार वडा बाट सिफारिस भएर आएको ४ सय ६० जना क्रियाशिल सदस्यता काटेर सभापति देउवाले मनोमानि ढंगले ३ सय १२ जना क्रियाशिल सदस्य थपेर वडा अधिवेशन गरेपछि विवाद उत्पन्न भएको थियो ।

जिल्ला समितिको बैठक बसी प्रहरी लगाएर जवरजस्ती गरिएको अधिवेशन नमान्ने भन्दै भदौ २२ गते नै ध्यानकर्षण गराएको थियो । विवाद समाधान गर्न पछि पनि पटक पटक सभापति देउवालाई पत्र पठाएपनि वेवास्ता गरेपछि पार्टी कार्यालयमै अनसन बस्ने गरि आन्दोलन थालिएको मल्ल बताउनु हुन्छ । केन्द्रिय निर्वाचन समितिले भने यस अघि भएको अधिवेशनलाई मान्यता दिइसकेको छ ।

काग्रेस सभापति देउवाको गृह जिल्ला डडेलधुरामा ५२ वटा वडा छ भने ७ वटा पालिका छ । एकमात्र निर्वाचन क्षेत्र भएको डडेलधुराबाट सभापति देउवाले निर्वाचन लड्दै आएका छन् । पार्टीको आधिकारीक उमेद्वारको क्रियाशिल हटाएर बागी उमेद्वारको क्रियाशिल थप्ने सम्मको हर्कत भएको भन्दै जिल्ला सभापति मल्ल भन्नुहुन्छ– सभापति देउवा गिरिजा प्रसाद कोइराला भन्दा पनि क्रुर भएर निस्किए ।

उहाले यस्तो उदाहरण दिदै थप्नुभयो– स्थानिय निर्वाचनमा अजयमेरु गाउपालिकाको उपाध्यक्ष पदमा काग्रेसको आधिकारिक उमेद्वार कमला विष्टको नाम क्रियाशिल सुचीबाट हटाइएको छ भने विद्रोहि उमेद्वार शिवलाल शाहको नाम थपिएको छ ।
डडेल्धुरामा भएको क्रियाशिल विवाद मिलाउनु पर्ने भन्दै काग्रेस केन्द्रिय सदस्य डा. रामशरण महतले वुधवार पार्टी कार्यालय सानेपा पुगि अनसनरत पक्षलाई एकेवद्धता जनाउनु भएको छ ।

डा. महतले डडेलधुराको बारेमा केन्द्रिय बैठकमा पनि कुरा राखेको बताउदै निर्वाचन समितिलाई पनि ध्यानाकर्षण गरेको बताउनु भएको छ । वुधवार दिउसो जिल्ला सभापति सहित एकसय नेता कार्यकर्ता अनसन बसेका थिए भने राती १५ जना बसेका छन् ।