एकीकृत समाजवादी सत्ता गठबन्धनको महत्वपूर्ण हिस्सा : नेपाल


न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफूहरु सरकारमा जान पूर्णरुपमा तयार रहेको जनाएका छन् ।

आज मिनभवनस्थित केन्द्रीय कार्यालय उदघाटन गर्दै नेपालले एकीकृत समाजवादी सत्ता गठबन्धनको महत्वपूर्ण हिस्सा रहेको जनाएका हुन् । हाम्रो भूमिका सरकार सन्चालनमा रहने छ, सहयोगी रहनेछ, सहकार्य गर्ने छौं, सँगसँगै अगाडि बढ्ने छौं । सरकारमा हामी सामेल हुनेछौं ’ उनले भने ।

त्यस्तै, मन्त्रिपरिषद्ले कहिले पूर्णता पाउँछ भनि सोधिएको प्रश्नमा नेपालले भने ‘म प्रधान्मन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ ।’