जिप दुर्घटनामा तीनको मृत्यु


काठमाडौं, (नेस) ।

काठमाडौंबाट ओखलढुंगा आउँदै गरेको बोलेरो जिप रामेछापको मन्थलीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान काठमाडौंबाट खिजीफलाटेका लागि छुटेको प्रदेश नम्बर३–०१–०२३च ३५१३ सामान बोक्ने बोलेरो दुर्घटना हुँदा चालक लाक्पा शेर्पासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मन्थली नगरपालिका–१ कुनौरी, बोक्सेको भीरमा भएको दुर्घटनामा जिपचालक ओखलढुंगाको खिजदेम्बा गाउँपालिका–६ का लाक्पा शेर्पा, उनकी श्रीमती फुर्वा शेर्पा र सवारीधनी वाङसेन शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार दुर्घटनामा एक बालक गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा १२ वर्षीय पेम्बा शेर्पा रहेका छन् । बोलेरो खुर्कोट–मन्थली सडकखण्डको हात्तीटार (बोक्से) भीरबाट तामाकोसी नदीमा खसेको थियो ।