सिन्धुलीमा मोटरसाईकल दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु



बुद्ध नेपाली, सिन्धुली ।

विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मुल्कोटमा बिहीवार(आज) मोटरसाईकल दुर्घटना हुदाँ मोटरसाईकल चालकको घटनास्थलमै ज्यान गएको छ ।

दुर्घटनामा परी सर्लाही जिल्लाको संग्रामपुर गाउँपालिका २ का २६ बर्षिया अजमद अन्सारीको ज्यान गएको हो । सर्लाहीबाट काठमाडौं तर्फ जादै गरेको प्रदेश २–०३–०१४ प ३४८९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई चालक अन्सारी उछिट्टिएर सडकबाट अन्दाजी २६ फिट तल खसी दुर्घटना हुदाँ ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो । शव पोष्टम्याटमका लागि सिन्धुली अस्पताल पठाईएको र मोटरसाईकल ईलाका प्रहरी कार्यालय खुर्कोट पठाईएको प्रहरी नायव उपरिक्षक लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्