इन्द्रजात्रा अवधिभर काठमाडौँका भित्री क्षेत्रमा सवारी निषेध


न्युज अफ नेपाल, काठमाडौँ ।

इन्द्रजात्रा अवधिभर काठमाडौँका भित्री क्षेत्रमा मानिसको चाप हुने भएकाले सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।

काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै असोज २ देखि ८ गते सम्म चल्ने राष्ट्रिय पर्व येंया (इन्द्रजात्रा) का अवधिभर सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको हो ।

“विशेष २ गते उपाकु यात्रा तथा ३ , ४ र ८ गतेका दिन रथ यात्रा हुने हुँदा ३ बजेबाट भित्री नगरको रुटहरुमा पुर्ण रुपमा सवारी निषेध सो समयबाट गरिने सुचित गर्न चाहन्छौं “, सूचनामा उल्लेख छ ।