डुरुवा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण

1.5k
Shares

न्युज अफ नेपाल, तुलसीपुर ।

तुलसीपुर उपमहानगरपालिकाले, १५ नम्बर वडामा रहेको डुरुवा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

एक कार्यक्रमको आयोजनाका बीच नगर प्रमुख घनश्याम पाण्डेले वडा अध्यक्ष लक्ष्मण चौधरीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले बालबालिका, जेष्ठ नागरिक र सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा दिन निर्देशन समेत दिनुभएको थियो ।

यस अघि तुलसीपुर उपमहानगरपालिकाले विभिन्न वडाहरुलाई एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ ।