के-पप विजेता पुरस्कृत


काठमाडौं ।

दक्षिण कोरियाली दूतवासले के–पप वल्ड फेष्टिबलका विजेतालाई पुरस्कार तथा सम्मान वितरण गरेको छ । सन् २०२१ का के–पप वल्ड फेस्टिवलका विजेताहरुलाई मंगलबार एक कार्यक्रमका वीच नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क छोङ सक्ले दूतावासमा आयोजित कार्यक्रममा विजेतालाई सम्मान तथा पुरस्कृत गरेका हुन् । नेपालमा दक्षिण कोरियाली संस्कृतिको अनुभव तथा उत्सुक्तालाई मनन् गराउन, नेपालमा कोरियन बेभको विस्तारका साथै कोरिया र नेपाल दुई देशका नागरिक बीच जनस्थरमा सम्वन्ध विस्ताार गर्ने उदेश्यका साथ के–पप वल्ड फेष्टिवल प्रतियोगिता आयोजना हुँदै आएको छ ।

५३ समूहले अनलाइन आवेदन दिएर प्रतियोगीतामा संस्कृतिक प्रस्तुतिमा सहभागी जनाएका थिए । सो प्रतियोगीका प्रस्तुतीहरुलाई के–पप मुख्यालय कोरिया र दूतावासका निर्णायक मण्डलले ६ समूहलाई छनोट गरेको थियो ।

प्रतियोगीतामा विएमके (प्रिन्स शाही/अमृत सुनुवार) देरक पप द्धितिय(प्रज्वल लामा/स्पन्दन गुरुङ),तृतियमा थ्रिए पिएम(मिनिग्ना लामा/ प्रिया तामाङ)को समूहले जितेको थियो । प्रतियोगीतमा प्रथम,द्धितीय र तृतिय हुनेलाई क्रमश ५० हजार,४० हजार र ३० हजार रुपैयाँ राषीको पुरस्कार तथा प्रशंसापत्र वितरण गरिएको थियो ।त्यस्तै चौथोमा कृम्सन योन्जा(कृपा राई/जुली श्रेष्ठ),पाँचौमा द वइन्स(रिन्चेन वङमा तामाङ/तेन्जिङ डोलकर) र छौंटौमा हार्ट टू विट( विद्या पुडासैनी/सिमा थापामगर)ले हातपारेका थिए । चौथो,पाँचौ, छौंटौका विजेताले क्रमश २० हजार र १० हजार रुपौयाँ राषी तथा प्रसंशा पत्र राजदूत छोङ सक्ले पुरस्कृत गरेका थिए । पाँचौ र छौटौ पुरस्कृत हुने समूहले प्रेरणादायीक कथा र अन्य विजेताले संस्कृतिक विधामा पूतियोगीतामा अन्य प्रतियोगीलाई उछिन्दै पुरुस्कार हासिल गरेका थिए ।

के–पपको माध्यमबाट आपसमा फरक संस्कृति भएको बीचमा पनि एकतावद्ध गर्ने आधार निर्माण गरी के–पप फेष्टिवलमा आवद्ध टिमहरु स्वतःस्फुत रुपमा सहभागी हुने अवसर निरन्तर प्रदान गर्दै दुई देश बीचमा मैत्रीपूर्ण सम्बन्ध विकास गर्न सहयोग पुग्ने दूतावासकी कल्चर विभाग प्रमूख पार्क यु सङले बताइन् ।

नेपाल र कोरिया दुई देशका जनता संगीत र नृत्यको माध्यमबाट हामी एक आपसमा समान संस्कार भएको महशुस गरेको राजदुत पार्क छोङ सिक्ले प्रतियागीहरुलाई सम्वोधन गर्दै बताए । “के–पप संस्कृतिलाई नेपालमा स्वीकार गरे सँगै नेपाल र कोरिया बीचको भावनाको दुरी नजिकीदै दुई देशबीचको सम्वन्धमा महत्व पूर्ण भूमिका खेल्ने छ ”राजदूत सक्ले भने ।