वरिष्ठ प्रहरी उपरीक्षक बज्राचार्यलाई जिप्रकाद्वारा सम्मान

7.1k
Shares

न्युज अफ नेपाल, ललितपुर ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यलाई सम्मान गरेको छ । सरोकारवालाबीच समन्वय गर्दै शान्तिपूर्ण तवरले यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न गर्नुमा महत्वपूर्ण महत्वपूर्ण निर्वाह गर्नुभएकोमा प्रहरी वरिष्ठ उपरीक्षक बज्राचार्यलाई शुक्रबार सम्मान गरिएको हो ।

सो अवसरमा गृह सचिव टेकनारायण पाण्डले परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बज्राचार्यलाई सम्मानपत्र प्रदान गर्नुभयो । ‘ गृह प्रशासन वा त्यसको जिल्लामा प्रतिनिधि गर्ने स्थानीय प्रशासनलाई निषेधाज्ञाका बीच शान्तिपूर्ण तरिकाले रथयात्रा गर्न निकै ठूलो सुरक्षा चुनौती रहेको थियो ।

प्रशासनले समन्वय गर्न नसक्दा गत वर्ष पनि स्थानीय र प्रहरीबीच झडप हुने परिस्थति आएको थियो।त्यसले गर्दा पनि यस वर्ष सुरक्षा चुनौती आकंलन गरी सोही अनुरुप सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाई रथयात्रा गरियो। त्यस कार्यमा जिल्लाको प्रहरी प्रमुखको हिसाबले उहाँ निकै खटिनुभएको थियो। ’ ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भन्नुभयो ।

सांस्कृतिक मैत्री र संवेदनशीलताका साथ प्रहरी प्रमुख रथयात्राका सरोकारवाला पक्षबीच समन्वय गर्न पनि निकै दौडधुप गर्नुभएकोमा स्मरण गर्दै प्रमुख जिल्ला अधिकारी निरौलाले भन्नुभयो ‘वास्तवमा उहाँको मिहिनत र सुक्ष्म अनुसन्धान गर्ने स्वभाव र कोरोनाकालमा स्थानीय प्रशासन र प्रहरी परिचालन बलियो बनाउन निर्वाह गर्नुभएको भूमिका प्रशंसा योग्य छ ।’

गत वर्ष भदौं १८ लकडाउनको समयमा स्थानीयले स्वतःस्पूर्mत रुपमा रथ तान्दा झडपको स्थिति निम्त्एिको थियो । रथयात्राको विषयमा प्रशासन, स्थानीय तह र जातीय समाजहरु लामो समयसम्म अनिर्णयबन्दी हुँदा सो स्थिति आइपरेको नीष्कर्ष निकाल्दै यस पटक प्रशासन कार्यालयले शुरुदेखि संयोजनकारी भूमिका निर्वाह गर्नुभएको थियो।

रथयात्राका सरोकारवाला पानेजु, यँग्वाल, बाराही, घकू राख्नेका साथै जातीय समाजसंग समन्वयका लागि औपचारिक र अनौपचारिक रुपमा समन्वयको गर्ने कामको प्रहरी वरिष्ठ उपरीक्षक बज्राचार्यले अगुवाई गर्नुभएको थियो। सो अवसरमा गृह सचिव पाण्डेले नागरिकलाई राज्यको अपनत्व दिलाउन गृह प्रशासन र त्यस मातहतका निकायको अहंम भूमिका रहेको धारणा राख्नुभयो ।

सोही अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, राजदलका गणका गणपति सुमितविक्रम राणा, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक किरण ढुंगाना, राष्ट्रिय अनुसन्धान विभाग ललितपुरका प्रमु्ख दिनेश खड्का, कार्यालयका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।