नेपाल प्रहरीमा ५ एआईजीको दरवन्दी थपिँदै

1.2k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले नेपाल प्रहरीमा ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकको दरवन्दी थप गर्ने भएको छ । नेपाल प्रहरीमा एआईजीकालागि तीव्र लविङ भएपछि ५ जना नयां एआईजीको दरवन्दी थप गर्न लागिएको हो । गृह मन्त्री बालकृष्ण खांडले एआईजी दरवन्दी थपका लागि मन्त्रालयबाट नै फाइल बनाएर मन्त्रिपरिषदमा लगेकाले अवको केही दिनमा नै नयां दरवन्दी थपको निर्णय हुने बताइएको छ ।

नयां दरवन्दी थप गर्दा राज्यलाई ठुलो ब्ययभार पर्ने भएपनि सत्ता साझेदार दल बीच दरवन्दी थपकालागि सहमती भएकाले अर्थ मन्त्रालयले समेत दरवन्दी थपकालागि सहमति दिइसकेको बताइएको छ । नेपाल प्रहरीमा आफु अनुकुलमा मानिसलाई बढुवा गर्नकालागि सरकारले दरवन्दी थप गरेको भन्दै केही बरिष्ठ अधिकृतहरुले आक्रोश ब्यक्त गरेका छन ।

नेपाल प्रहरीमा तल्लो तहका प्रहरी अधिकृत तथा जवानको बृत्ती बिकासमा सरकारले अहिले सम्म ध्यान दिन सकेको देखिदैन । पहुंचका आधारमा दरवन्दी थप गरेर सरकारले अर्को अलोप्रिय निर्णय गर्न लागेको भन्दै सुरक्षाकर्मीहरुले चिन्ता ब्यक्त गरेका छन ।