न्युयोर्कमा आएको बाढीमा परी एक नेपाली परिवारको मृत्यु


न्युज अफ नेपाल, काठमाडौँ ।

अमेरिकाको न्युयोर्कमा समुद्री आँधीपछि आएको बाढीमा परी एक नेपाली परिवारको मृत्यु भएको छ । न्युयोर्कको क्विन्स सहरमा बस्दै आएको नेपाली परिवारको बाढीमा परी मृत्यु भएको न्युयोर्क पोष्टले बताएको छ ।

मृत्यु हुनेमा ५० वर्षीय बाबु आङ गेलु लामा, ४८ वर्षीया आमा मिङ्मा शेर्पा र दुई वर्षीय छोरा लोबसाङ लामा रहेका छन् । उनीहरु बस्दै आएको अपार्टमेन्टको तल्लो तला डुबानमा परेको थियो ।

उनीहरुले घर मालिकलाई सहयोग मागे पनि त्यसको केही बेरमै उनीहरुको अपार्टमेन्ट पानीले भरिएको छिमेकीले बताएका छन् । करिब साढे तीन बजेतिर उद्धारकर्ताले तीनै जनाको शव निकालेका थिए ।