गाँजालाई वैधानिकता प्रदान गर्न सर्वोच्चमा निवेदन


भूपराज बस्याल, काठमाडौ ।

पछिल्लो समय बिश्वका विभिन्न देशमा बैधानिक कारोबार सुरु भएको गाजाको नेपालमा पनि बैधानिक कारोबारको माग गर्दै सर्बोच्चमा रिट निवेदन परेको छ ।

गाजाको बैधानिक कारोबार गर्न सके नेपालको अर्थतन्त्रमा ठुलो टेवा पुग्ने भन्दै अधिवक्ता अर्जुन कुमार अर्याल र सगुन्तला भुसालले बिहिवार रिट निवेदन दिनुभएको हो । उक्त निवेदनमा गाजाको खेतिपाती खुल्ला गरि बैधानिकता प्रदान गर्न माग गरिएको छ । नेपालको ठुलो हिस्सा ओगटेको क्षेत्रलाई अबैधानीक लिस्टमा राखेर नेपालको अर्थतन्त्र बलियो हुन नसक्ने भन्दै निश्चित मापदण्ड राखेर गाजाको कारोबार खुल्ला गर्न उक्त रिट निवेदनमा माग गरिएको छ ।