वडाध्यक्ष श्रेष्ठको निधन, काठमाडौं महानगरमा शोक बिदा


न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधन भएको छ । वडाध्यक्ष श्रेष्ठको बिहीबार मस्तिष्कघातका कारण निधन भएको हो ।

महानगरका प्रशासन विभागले सूचना निकालेर वडाध्यक्ष श्रेष्ठको निधनमा शुक्रबार महानगरपालिकाका सबै कार्यक्रम स्थगित गरिएको र सबै कार्यालयहरू बन्द रहने उल्लेख गरेको छ। श्रेष्ठको निधनमा महानगरले महानगरभित्र शोक बिदा दिएको छ ।

लामो समयदेखि नेपालस् कांग्रेसबाट राजनीति गर्दै आएका श्रेष्ठले २०४९, २०५४ र २०७४ सालको स्थानीय चुनावमा अत्यधिक मतका साथ वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष पञ्चायतकालमा समेत वडा सदस्यमा निर्वाचित भएका थिए । वडाध्यक्ष श्रेष्ठ वडा नम्बर १९ का स्थानीयमाझ निकै लोकप्रिय थिए ।

स्वर्गिय वडाध्यक्ष श्रेष्ठको श्रीमती सानुमाया, एक छोरा, तीन छोरी र दुई जना भाईहरु छन् ।