कामपा १९ का वडाध्यक्ष श्रेष्ठको निधन


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौैं महानगरपालिका १९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन भएको छ । वडाध्यक्ष श्रेष्ठको बिहीबार मस्तिष्कघातका कारण निधन भएको हो । लामो समयदेखि क्यान्सरसँग लडिरहेका वडाध्यक्ष श्रेष्ठको उपचारका क्रममा नर्भिक अस्पतालमा मस्तिष्कघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखि नेपालस् कांग्रेसबाट राजनीति गर्दै आएका श्रेष्ठले २०४९, २०५४ र २०७४ सालको स्थानीय चुनावमा अत्यधिक मतका साथ वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष पञ्चायतकालमा समेत वडा सदस्यमा निर्वाचित भएका थिए । वडाध्यक्ष श्रेष्ठ वडा नम्बर १९ का स्थानीयमाझ निकै लोकप्रिय थिए । स्वर्गिय वडाध्यक्ष श्रेष्ठको श्रीमती सानुमाया, एक छोरा, तीन छोरी र दुई जना भाईहरु छन् ।