सिस्ने खोलाले गाडी बगाउँदा ४ को मृत्यु, एक घाइते


न्युज अफ नेपाल, दाङ ।

दाङको खोलाले घोराहीस्थित सिस्ने खोलाले गाडी बगाउँदा ४ जनाको मृत्यु भएको छ ।

बुधबार राति १० बजेतिर प्रदेश ३–०१०२४ च ४४४० नम्बरको गाडी सिस्ने खोलाले बगाउँदा चार जनाको घटनास्थलमै मृत्यु भएको र एक जना घाइतेको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा घोराही–१५ की बिमला केसी, घोराही–१३ की नितामाया पुन, घोराही–१३ कै सुशीला श्रेष्ठ र घोराही–१५ की राधा कुँवर रहेका छन् । उनीहरु कपिलवस्तुको कृष्ण नगरमा तीजको किनमेल गरी घर फकिँदै गरेका थिए । त्यस्तै, घाइते गाडीका चालक नर बहादुर पुनलाई थप उपचाररका लागि अस्पताल पुर्‍याइएको छ ।