शर्मा प्रधानसेनापतिमा नियुक्त


काठमाडौं, (नेस) ।

कामुप्रधानसेनापति प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त हुनुभएको छ । रक्षा सचिव वेगेन्द्रराज शर्मा पौड्यालले शर्मालाई प्रधानसेनापतिको नियुक्तिपत्र प्रदान गर्नुभएको छ ।

शर्मा अहिले कायममुकायम प्रधानसेनापतिका रूपमा कार्यरत हुनुहुन्छ । शर्मालाई शर्मा पौड्यालले बधाइ तथा सफल कार्यकालको शुभकामनासमेत दिनुभएको थियो । शर्मालाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २६ गते नियुक्ति गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई प्रधानसेनापति पदमा नियुक्त गर्नुभएको थियो । प्रधानसेनापति पूर्णचन्द्र थापा अवकास हुनु १ महिनाअघि साउन २४ देखि बिदामा बसेपछि सरकारले शर्मालाई कायममुकायम सेनापतिको जिम्मेवारी दिएको थियो ।