कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि गर्ने निर्णय

812
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले भदौ ३०गतेदेखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्राडा.चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो ।

यसअघि ३१ साउनदेखि हुने तय भएको परीक्षा कोभिड– १९ को कारण देखाएर स्थगित भएको थियो। यसअघि कक्षा १२ को परीक्षा दुईपटक स्थगित भएको थियो । पौने चार लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदै छन्।