काँग्रेस आसन्न अधिवेशनको तीव्र चासो र चर्चा, नगर सभापतिमा रामचन्द्रको उम्मेदवारी


रामधन राई, खोटाङ ।

आगामी भदौ–२७ गते तोकिएको नेपाली कांग्रेसको गाउँ तथा नगर अधिबेशन हाल खोटाङमा चासो र चर्चाको बिषय बनेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा कुन पालिकामा कसको नेतृत्व भन्नेदेखि लिएर जिल्ला सभापतिसम्मको परिचर्चा सुरु भएको हो ।

पुरानै नेता अर्थात युवा नेतालाई नेतृत्वको अवसर दिने भन्नेदेखि कुन खेमाका कसलाई अघि सार्ने सम्मको आन्तरिक बहसहरु समेत हुन थालेको कांग्रेस निकटका ब्यक्तिहरु बताउँछन् । वडा, गाउँ/नगरपालिका, प्रदेश क्षेत्र क/ख , संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय अधिबेशन नजिकिएसँगै कांग्रेसभित्र चुनावी माहोल बढेको छ ।

यसैबीच, जिल्लाकै पहिलो र ठूलो नगरपालिका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सभापतिमा युवा नेता तथा जनप्रतिधि रामचन्द्र राईले उम्मेदवारी घोषणा गर्नुभएको छ । वडा नम्बर–११ का निर्बाचित वडाध्यक्ष तथा पुर्व कांग्रेस गाउँ सभापति राईले आईतबार पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्नुभएको हो ।

दिक्तेलको हुर्लुङस्थित होटल ग्रिन सिग्नलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफु कुनै पनि खेमा वा गुट–उपगुटबाट नभई साझा उम्मेदवार रहेको प्रत्यासी राईले बताउनुभएको छ । आसन्न अधिबशनको लागि जिल्लामै पहिलो पटक औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्दै अहिलेको उपयुक्त स्थान र जिम्मेवारी नै नगर सभापति भएकोले आफ्नो उम्मेदवारी आवश्यक रहेको उहाँको भनाई छ । वडा समिति सभापतिको जिम्मेवारी सम्हालिसकेकाले अवको माथिल्लो र उपयुक्त पद पनि नगर सभापति भएको उहाँको तर्क छ ।

पार्टीमा युवा नेतृत्वको आवश्यक्तालाई समेत मध्येनजर गर्दै पार्टीलाई सदृढ तथा मजबुद बनाउने योजना सहित आफुले उम्मेदवारी घोषणा गरेको राईले जनाउनुभयो । ‘बुढाहरुको पार्टी’ भनने आक्षेपलाई चिर्नु पनि आजको कांग्रेसको आवश्यक्ता रहेको प्रत्यासी राईले औंल्याउनुभयो । पत्रकार सममेलनमा भेगीय र जातीय सन्तुलन मिलाएर टिम बन्ने उहाँले स्पष्ट पार्नुभयो । राईले पार्टीको लागि हाल नगर सभापतिमा हरेक एङ्गलबाट आफु योग्य रहेको समेत दावी गर्नुभयो ।

कतिपयले आफुलाई मेयरका प्रत्यासी बन्न पार्टी नगर सभापतिमा दावी गरेको भन्ने भ्रममा रहेको उल्लेख गर्नुभयो । आफु तत्कालै मेयरको लागि दावी नगरी पन्ध्रै वटा वडामा संगठन मजबुद बनाउन डटेर लाग्ने उहाँले खुलस्त पार्नुभयो ।

रामचन्द्रले ज्येष्ठ नेता तथा कार्यकर्ताको सम्मान गर्दै सवैलाई समेटेर संगठन मजवुद बनाउन अग्रसर हुने प्रतिवद्दता दोहो¥याउनुभयो । नगर सभापतिको उम्मेदवारी घोषणा गर्दै गर्दा आफुले कहीँ–कतै, कुनै पनि ढंगले जातीय प्रशंग नउठाएको र जातीय प्रशंगमा आफुलाई नजोडिदिन राईएको अनुरोध छ ।

नेपाल विद्यार्थी संघमा आबद्द भई पशुपति क्याम्पस, काठमाण्डौंबाट २०६२ सालमा बिद्यार्थी राजनीति सुरु गर्नुभएको राई कुन्दनराज काफ्लेबाट प्रोत्साहित हुनुभएको हो । नेपाली कांग्रेस नगर सभापतिका लागि नेता प्रकाश श्रेष्ठ, ईन्द्र घिमिरे लगायतको नाम अघि आएको छ ।

कांग्रेसको वडा अधिबेसन भदौ १८ गते, गाउँ/नगरपालिका अधिबेसन भदौ २७ गते, प्रदेश क्षेत्र क/ख अधिबेसन असोज १ गते, संघीय निर्वाचन क्षेत्रको अधिबेसन असोज ५ गते, जिल्ला अधिबेसन असोज १० गते, प्रदेश अधिबेसन असोज १२ गते र केन्द्रीय महाधिबेसन असोज १३ गते हुँदै छ ।