‘यातायात क्षेत्रका दुई लाख मजदुर पलायन’

१ लाख ५ हजारसहित जेष्ठ मजदुर सम्मान


मोतीराम तिमल्सिना, काभ्रे ।

कोभिड भाईरसका कारण यातायात क्षेत्रका झण्डै दुई लाख मजदुर पलायन भएको प्रारम्भिक तथ्याङ्कले देखाएको छ । मजदुर संगठनका नेताहरुले तथ्याङ्क संकलन गरी बेरोजगार भई पलायन भएका यातायात मजदुरहरुलाई रोजगारका लागि सरकारसँग अनुरोध गरिएको बताएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल रुट इकाईले आयोजना गरेको यातायात क्षेत्रमा सक्रिय भई लामो समय ब्यतित गर्नु भएका जेष्ठ मजदुर सदस्य सम्मान कार्यक्रममा बोल्दै संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राईले उक्त कुरा बताउनु भएको हो । धुलिखेलमा सम्पन्न सम्मान कार्यक्रममा जेष्ठ यातायात मजदुर टुंडे राना मगरलाई सम्मान गरिएको थियो । धुलिखेल रुट इकाईका अध्यक्ष अर्जुन लामाले हरेक वर्ष यातायात क्षेत्रको जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम अनुसार यो वर्ष टुंडे राना मगरलाई नगद १ लाख ५ हजार सहित दोसल्लाद्वारा सम्मान गरिएको बताउनु भयो ।

‘हरेक वर्ष आयोजना गरिएको सम्मान कार्यक्रम जेष्ठ यातायात मजदुर र उत्कृष्ट चालक र परिचालकलाई सम्मान गर्दै आएका छौं’–अध्यक्ष लामाले भन्नुभयो–‘यसले लामो समयसम्म यातायात क्षेत्रमा कार्यरत मजदुरहरुलाई स्थापित गराउने र सुरक्षित रुपमा सवारी चलाउँदा सम्मानबाट हौसला मिल्ने रहेछ । संगठनबाट २० जना जेष्ठ मजदुरहरुलाई नगद १ लाख ५ हजार सहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरि सकिएको छ ।’

संगठनले प्रत्येक वर्ष फागुपुर्णिमा चालक सहित उहाँहरुलाई उत्कृष्ट बनाउन सहयोग पु¥याउने उहाँका श्रीमती सहितलाई सम्मान गर्दै आएको छ । तर यस वर्ष आवश्यकता अनुसार जेष्ठ सदस्यको सम्मान गरिएको लामाले बताउनु भयो । संगठनले समस्यामा परेका र विरामी मजदुरहरुलाई उपचार र थप सहयोग गर्दै आएको छ ।

सम्मान कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर सगंठनका केन्द्रिय अध्यक्ष भिम ज्वाला जेष्ठ सदस्य राई, महासचिव विदुर घिमिरे, बनेपा नगरपालिका वडा नम्वर ७ का अध्यक्ष वर्ण शाक्य लगायतले सगंठनका जेष्ठ सदस्य टुंडे राना मगरलाइ सम्मान गर्नु भएको थियो । राईले सगंठनले मजदुरहरुको हक हितका लागि खेलेको भूमिका, राज्यको दायित्व र ब्यवसायीसँगको सहकार्यको विषयमा जानकारी गराउनु भएको थियो । संगठनले चार वर्षमा जिवन चलाउन अत्यन्तै कष्टकर भएका ५६ जना मजदुरहरुलाई उपचार सहयोग र अन्य समस्या परेका मजदुरहरुलाई सहयोग गरेको राईले बताउनु भयो ।

लकडाउनका कारण यातायात क्षेत्रबाट दुई लाख मजदुरहरु पलाएन भएको राईले बताउनु भयो । मजदुरहरुलाई रत्नपकार्कमा पार्किङ्गको समस्या, ट्राफिक समस्या, भाडा समायोजन नभएका जस्ता धेरै समस्या भएकाले राज्यले चाँडो भन्दा चाँडो समाधान गर्नु पर्ने राईले बताउनु भयो । कार्यक्रममा धुलिखेल रुट ईकाइ देशकै नमुना भएकाले सम्पुर्ण मजदुर सगठनले यसै बाट सिक्नु पर्ने महासबिच विदुर घिमिरेले वताउनु भयो ।

मजुदरहरुका समस्या देखी राहत वितरण, उपचार खर्च लगाएतका विषयमा धुलिखेल मजदुर सगंठन उत्कृष्ट भएको घिमिरेले बताउनु भयो । मजदुरहरुलाई पनि अनुशासित भई आफ्नो पेशालाई मर्यादित बनाउन घिमिरेले आग्रह गर्नु भएको थियो । कार्यक्रममका विशेष अतिथि काभ्रे बस प्रालिका अध्यक्ष एवं वडा अध्यक्ष बर्ण शाक्यले लकडाउनले ब्यबसायीहरु समेत सकंटमा परेकोले राज्यले यस तर्फ ध्यान दिनु पर्ने बताउनु भयो । मजदुर र ब्यबसायीहरु बिच सहकार्य गर्दै व्यवसायलाई अनुशासित र मर्यादित बनाउनु पर्ने शाक्यले बताउनु भयो ।

कार्यक्रममा काभ्रे बस प्रालिका सचिव कविर रञ्जित, कोषाध्यक्ष रामसुन्दर श्रेष्ठ, सह सचिव राम बैद्य, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमति प्रदेश सदस्य बेदप्रसाद घिमिरे, धुलिखेल रुटका उपाध्यक्ष, सचिब होमबहादुर श्रेष्ठ लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रम संगठनका अध्यक्ष र्अजुन लामाको सभापतित्वमा सम्पन्न भएको थियो ।