बजाजको दशैं अभियान


काठमाडौं, (नेस) ।

दशैंको अवसरमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘बजाज खुशी को ३ डोज’ योजना सार्वजनिक गरेको छ ।बजाजले यस अफरअन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नु भन्दा पहिले, किन्ने बखतमा र किनि सकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्ने योजना ल्याएको हो ।

बाइक किन्नुभन्दा पहिले १० हजार रुपियाँसम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन् । त्यस बाहेक मोटरसाइकलको खरिदको क्रममा १ लाख रुपियाँसम्मको नगद प्राप्त गर्न सक्छन् र बम्पर अफरमा भने कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि १० लाख रुपियाँ नगद पुरस्कार प्राप्त गर्न सक्दछन् । हंसराज हुलासचन्द एन्ड कम्पनीका प्रबन्ध निर्देशक श्री शेखर गोल्छाले भन्नुभयो–‘बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउँदै आएको छ । बजाजले दशैं महोत्सवको अवसरमा उपभोक्ताहरुलाई दोहोरो खुशी दिने प्रयास गर्ने उद्देश्यले बजाज खुसी को ३ डोज अभियान प्रस्तुत गरेको हो, किनकि बजाज आफ्नो ग्राहकहरुलाई सधैं समयको आवश्यकता अनुसार रोचक र उपयोगी अफरहरु दिनको लागी समर्पित रहेको छ ।’