काठमाडौंमा थप ५९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

672
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिललो २४ घण्टामा काठमाडौंमा थप ५९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १८९ र भक्तपुरमा १२८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यससँगै आज काठमाडौं उपत्यकामा थप ९१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३२१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८८६६ नमूना पिसिआर परीक्षण गर्दा २२३१ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४७०७ मा परीक्षण गर्दा ९८७ मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कुल १३ हजार ५७३ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। आज थप १९ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १ हजार ७२२ जना कोरोनाबाट मुक्त भएका छन्।