देउवालाई महाधिवेशनको सुनिश्चितता गर्न दबाब

490
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पटक पटक कार्यतालिका सार्वजनिक गरेपनि महाधिवेशन गर्न नसकेपछि नेपाली काग्रेसका सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवालाई महाधिवेशनको सुनिश्चितता गर्न चौतर्फि दबाब बढिरहेको छ । पछिल्लो पटकको कार्यतालिका अनुसार साउन १२ बाट वडा अधिवेशन शुरु भई भदौ १६–१९ गतेसम्पन्न हुने भनिएको १४औं महधिवेशन पनि अनिश्चित बनेपछि पार्टी भित्र सभापति देउवाको चौतर्फि आलोचना भैरहेको छ । फेरी पनि सभापति बन्ने रणनीतिमा लागेका देउवालाई महाधिवेशनको सुनिश्चितता गर्न दबाब दिन भन्दै ‘सबल काग्रेस निर्माणका लागि युवा अभियान’ समेत शुरु भएको छ ।

खासगरि संस्थापन इतर पक्षका केन्द्र देखि जिल्ला सम्मका नेताहरुले अहिले सभापति देउवा समक्ष समयसिमा भित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने एउटै माग राखिरहेका छन् । महाधिवेशनको सुनिश्चितता गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल लगाएतका शीर्ष नेताहरुको दैनिक छलफल र बैठक चलिरहेको बेला ‘सबल काग्रेस निर्माणका लागि युवा अभियान’ भन्दै विभिन्न जिल्ला र क्षेत्रको प्रतिनिधित्व गर्ने युवा नेताहरुले पनि दबाब सृजाना गर्न थालेका हुन ।

विहिवार पार्टी केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल मार्फत सभापति देउवालाई ज्ञापन पत्र बुझाउदै सबल काग्रेस निर्माणका लागि युवा अभियानको नेतृ प्रतिमा गौतमले भन्नुभयो– पार्टी र लोकतन्त्रलाई जिवन्तता दिने र वैधता कायम राख्ने हाम्रा मागहरु पुरा नभए ७७ जिल्लाबाटै पार्टी नेतृत्व विरुद्ध आन्दोलन हुन्छ ।

सबल काग्रेस निर्माणका लागि युवा अभियानमा महासमिति सदस्य मनोजमणी आचार्य, नेविसंघका पुर्व अध्यक्ष एवं संविधानसभा सदस्य रञ्जित कर्ण, नेविसंघको पुर्व महामन्त्री एवं संविधानसभा सदस्य उमेद्वार प्रतिमा गौतम, खोटाङका पुर्व जिल्ला सभापति सुवास पोखरेल तथा नेताहरु प्रमोद हरी गुरागाई, कमल वहादुर शाह, विनोद कायस्थ, महिला संघकी नेतृ रिता खनाल लगाएत सहभागि छन् ।

सभापति देउवालाई बुझाएको ज्ञापनपत्रमा महाधिवेशनको समयसिमाको अन्तिम क्षण पुगिसक्दा पनि क्रियाशिल सदस्यताको छानविन गरि अन्तिम रुप दिन नसक्नुले नेतृत्वको महाधिवेशन प्रतिको प्रतिवद्धता र नियतमाथि प्रश्न उठेको जनाइएको छ । समयमा महाधिवेशन नभए काग्रेस जस्तो एतिहासिक पार्टीको वैधतामाथि नै प्रश्न उठ्ने भन्दै विधान, नियमावली अनुरुप न्यायपुर्ण ढंगले क्रियाशिल सदस्यता विवाद टुङ्गाएर महाधिवेशनको सुनिश्चितता गरिहाल्नु पर्ने माग रहेको छ ।

मुख्य गरि क्रियाशिल सदस्यता विवादका कारण महाधिवेशन अनिश्चित भएको बताइएको छ । संस्थापन पक्षले विभिन्न राजनीतिक दलबाट काग्रेसमा समाहित भएकालाई क्रियाशिल सदस्यता दिने नाममा काग्रेसका पुराना कार्यकर्ताहरुलाई पन्छाएको आरोप पनि संस्थापन इतर पक्षको छ ।

काग्रेसका क्रियाशिल सदस्यको प्रत्येक्ष मतदान द्धारा वडा नगरका पदाधिकारीका साथै क्षेत्रिय प्रतिनिधि समय निर्वाचित हुन्छन। क्षेत्रिय प्रतिनिधिले जिल्ला कार्यसमितिका साथै महाधिवेशन र समहासमिति समिति सदस्य चयन गर्छन । महाधिवेशन प्रतिनिधिले केन्द्रिय नेतृत्व निर्वाचित गर्छन ।

काग्रेसको सस्थापन इतर पक्षले विधिवत रुपमा पार्टीको महाधिवेशन सम्पन्न नहुने, तरुणदल लगाएत भातृ संवं सुभेच्छुक संघसंस्थाको अधिवेशन पनि वर्षौ सम्म नहुने हो भने काग्रेसको छविलाई जनस्तरमा कायम राख्न नसकिने बताउन थालेका छन् । काग्रेसको तरुण दल शीर्ष नेताहरुको भागवण्डामा टिका लगाएर छानिएका चार पदाधिकारीको भरमा रहेको वषौ भैसकेको छ । सबल काग्रेस निर्माणका लागि युवा अभियानले सभापति देउवालाई वुझाएको ज्ञापनपत्रमा भनिएको छ– काग्रेसको यस्तै अवस्था रहिरहे आगामी निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्ने संयन्त्र निश्प्रभावी बन्छ ।