व्यवसायी मैत्री ऐन बनाउन प्रधानमन्त्री समक्ष नेकाको आग्रह

700
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
आज बालुवाटारमा भेट गरी बधाई तथा शुभकामना दिंदै शैक्षिक परामर्श क्षेत्रमा भएका समस्याका विषयमा प्रधानमन्त्री देउवालाई जानकारी गराइएको थियो ।

नेकाका केन्द्रिय अध्यक्ष सन्तोष प्यकुरेलले प्रम देउवा समक्ष छात्रवृत्ति ऐन अन्र्तगत नेकाले विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनमा जान रोक्ने, शैक्षिक परामर्श संघहरुको दर्ता प्रक्रिया झन्झटिलो रहेको र त्यसलाई एकद्धार प्रणालीबाट लागु गर्न, कोभिडको असरले परामर्श व्यावसायीहरुको अवस्था दयनीय रहेकोले राहत प्रदान गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी शिक्षा ऐनमा समेटिएका कतिपय बुँदाहरु व्यावसाय मैत्री नभएकोमा व्यावसायी मैत्री बनाउन अध्यक्ष प्यकुरेलले आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले शिक्षा मन्त्रालय अन्र्तगत रहेका शैक्षिक परामर्शको सम्पुर्ण समस्याहरुको समाधान गर्न राष्ट्रिय शैक्षिक परामर्श संघसँग सुझाव लिदै समन्वयकारी भुमिका खेल्ने प्रतिवद्धता जनाउनु भएको सचिव दिपक कोईरालले जानकारी दिनु भयो ।

भेटमा नेकाका अध्यक्ष प्याकुरेलसँगै उपाध्यक्ष निरज सिटौला, महासचिव राकेश श्रेष्ठ,सचिव दिपक कोइराला, कोषध्यक्ष रमण कोइराला, सदस्यहरु वि.पी शार्मा,विक्रम शर्मा कँडेल र केशव सिंखडाको सहभागिता रहेको थियो ।