प्रधानमन्त्री सचिवालयमा भुमिका खोज्दै उपाध्याय

938
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री एवं काग्रेस सभापति शेरवहादुर देउवालाई पार्टी भित्र नेतृत्वमा ल्याउन लामो समयदेखि भुमिका खेलेका बसन्तप्रकाश उपाध्याय अहिले सचिवालयमा भुमिका खोजिरहेका छन् ।

काग्रेसको १२औं महाधिवेशनमा सभापतिमा पराजित भएपछि पार्टी भित्र ४० प्रतिशत भागवण्डा मागेर राजनीति गरिरहनुभएका देउवालाई १३ औं महाधिबअवेशनबाट नेतृत्वमा स्थापित गर्न उपाध्यायले संयोजनकारी भुमिका निभाउनु भएको थियो । लामो समय पत्रकारीता गर्नुभएका उपाध्ययले अघिल्लो महाधिवेशनमा देउवा समुहका मिडिया संयाजकको भुमिका समेत निभाउनु भएको थियो ।

देउवा अघिल्लो पटक प्रधानमन्त्री हुदा उपाध्यायलाई गोरखापत्र संस्थानको महाप्रवन्धकमा नियुत्ति दिए पनि ५८ दिनमै कम्युनिष्ट नेतृत्वको सरकारले खोसेको थियो । तत्कालिन अवस्थामा १४६ नियुत्ति बदर गर्दा उपाध्याय भने अदालतको आदेशले पुन पदवहाली भएका थिए ।

केपी ओली नेतृत्वको सरकारले उपाध्यायलाई पदबाट दुई पटकसम्म हटाएको थियो । उपाध्यायले अदालतबाट अन्तरिम आदेश ल्याएपछि गोरखापत्रको कार्यकारी अध्यक्षको पद सिर्जना गरी कृष्णमुरारी भण्डारीलाई मन्त्रालयले पठाएको थियो । आफू एक्लै ओली सरकारसँग जुधेर रहेको र निरन्तर काँग्रेस र देउवाको पक्षमा वकालत गरिरहेका कारण आफूलाई देउवा सरकारले सचिवालयमा राम्रो ठाउँ दिनेमा बिस्वस्त रहेको बताउछन ।