हृदयेन्द्र अमेरिका जाँदै

35.9k
Shares

काठमाडौं, (नेस) ।

पूर्वयुवराज पारसका छोरा हृदयेन्द्र शाह उच्च शिक्षा अध्ययन गर्न अमेरिका जानुहुने भएको छ । रविभवनस्थित लिंकन विद्यालयबाट कक्षा १२ सम्मको शिक्षा सकेर उहाँ उच्च शिक्षाका लागि अमेरिका जान लाग्नुभएको हो ।

अमेरिका जानका लागि सबै प्रक्रिया पूरा भइसकेको र केही दिनपछि नै उहाँ अमेरिका जाने निर्मल निवास उच्च स्रोतले जनाएको छ । तथापि, अमेरिकाको कुन विश्वविद्यालयमा उहाँले अध्ययन गर्न लाग्नुभएको हो भन्ने चाहिँ खुलाइएकोे छैन ।