ताम्राकार कम्प्लेसका तीन जना सञ्चालकविरुद्ध मुद्धा दायर

9.8k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

९७ लाखको चेक बाउन्स भएपछि न्युरोडस्थित ताम्राकार कम्प्लेसका तीन संचालकविरुद्ध जिल्ला अदालत काठमाडौमा मुद्धा दायर गरिएको छ । आईटेल कम्युनिकेसन प्रालि नामक कम्पनी दर्ता गराएका ताम्राकार कम्प्लेसका संचालक उदयरत्न ताम्राकार, प्रदिपरत्न ताम्राकार, बिजयरत्न ताम्राकार र झापाका सागर उप्रेती बिरुद्ध जिल्ला अदालत काठमाडौमा चेक अनादर मुद्धा दायर भएको छ ।

आईटेल कम्युनिकेसन प्रालिको नाममा रहेको मेगा बैक लिमिटेडबाट बिभिन्न मितिमा जारी गरिएको ९७ लाख बराबरको चेक नसाटिएपछि कम्युनिकेसन एण्ड कम्युनिकेसन प्रालिको तर्फबाट कुलप्रसाद अर्यालले जिल्ला अदालतमा मुद्धा दायर गर्नु भएको थियो ।

लामो समयदेखि दुई कम्पनीबीच इन्टरनेट सम्वन्धी कारोवार गर्दै आएकोमा पछिल्लो समय आइटेल कम्युनिकसेन प्रालिले कम्युनिकेसन एण्ड कम्युनिकेसन प्रालिलाई दिनुपर्ने भुक्तानी दिन आनाकानी गर्ने गरेको र लामो प्रयासपछि चेक दिएपनि नसाटिएपछि बाध्य भएर अदालतको साहार लिनु परेको पीडित अर्यालले जानकारी दिनुभयो ।