बुटवलको साझा अस्पतालमा आइसियू सुविधा थप

728
Shares

यमलाल भुसाल, बुटवल ।

बुटवलको साझा अस्पतालले सेवा विस्तार गर्दै आइसियू सुविधा थप गरेको छ । अस्पताल स्थापनाको २ वर्षमै सेवा विस्तार गर्दै ४ बेडको आइसियू सुविधा र ५ बेडको एनआइसियू सुविधासहितको सेवा विस्तार गरेको छ । यो विस्तारसंगै अस्पतालमा ९ वटा आइसियू सहितको सुविधा विस्तार गरिएको अस्पतालका अध्यक्ष गोविन्द खनालले जानकारी दिनु भयो ।

विहिबार अस्पतालमा आइसियू सेवाको उद्घाटन गर्दै अध्यक्ष खनालले भदौको पहिलो हप्ता भित्रै अस्पतालमा सुविधा सम्पन्न १० बेडको निशुल्क किड्नी डाइलासिस सुविधा समेत विस्तार गर्ने जानकारी दिनु भयो । ६ करोड बढी लगानी रहेको अस्पतालले सरकारले निर्धारण गरेका मापदण्ड अनुसार बुटवल क्षेत्रमै सय बेडको सुविधासम्पन्न अस्पताल निर्माणको प्रक्रियालाई समेत अगाडि बढाएको छ ।

बुटवल ८ मा अवस्थित यस अस्पतालमा न्यूरो सर्जरी, ट्रमा सेवा, अर्थो, ल्याप्रोसकोपी सर्जरी, न्यूरो सर्जन, बाल सर्जन, जेनरल सर्जन, पेडियार्टिक, प्रसुती सेवा तथा टेस्ट ट्युव वेवी लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको अस्पतालका मेडिकल सुपरिटेण्ट डा.लक्ष्मण शर्माले बताउनु भयो ।

३ वर्ष भित्र भौतिक संरचना तयार पारी सेवा सञ्चालन गर्ने लक्ष्यसहित अगाडि बढिएको जानकारी अस्पतालले जानकारी दियो । सय बेडको अस्पताल निर्माण भएपछि यस क्षेत्रबाट स्तरीय र जटिल खालका उपचारका लागि जिल्ला बाहिर जानु पर्ने अवस्थाको अन्त्य गर्ने गरि कम्तिमा ४० करोड लागतमा १ सय वेडको सुविधा सम्पन्न अस्पताल वनाउने तयारीमा रहेको अस्पताल प्रशासनले जनाएको छ ।

सरकारले आगामी तीन वर्षभित्र अस्पताल संचालनको मापदण्ड भौतिक पूर्वाधार तयार नगर्ने अस्पताललाई संचालनमा प्रतिवन्द्ध लगाउने नीतीलाईपरिपालना गदै सार्थक वनाउन १ सय बेडको अस्पताल बनाउने गरि तयारी गरेको अस्पताल प्रशासनले जनाएकोे छ ।