नेप्सेमा सूचीकृत कम्पनीहरूको पुँजीकरण ४२ खर्ब ४३ अर्ब



काठमाडौं, (नेस) ।

अघिल्लो दिन उच्च अंकको वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ८ दशमलव २४ अंकले घटेर ३०५० दशमलव ४२ बिन्दुमा झरेको छ ।

कुल २२३ कम्पनीको ३ करोड ७० लाख ६१ हजार कित्ता शेयर १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार रुपियाँमा कारोबार भएको छ । यससँगै नेप्सेमा सूभीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण ४२ खर्ब ४३ अर्ब २९ करोड ४७ लाख १० हजार रुपियाँ पुगेको छ ।

यस दिन कारोबार भएका १३ वटा समूहमध्ये पाँच समूहको परिसूचक घट्दा बाँकी आठ समूहको सूचक भनेको बढेको छ । जसमध्ये बैंकिङ समूह ४३ दशमलव ५, विकास बैंक समूह ३४ दशमलव ३८, अन्य समूह १० दशमलव ५१, सामूहिक लगानी कोष समूह शून्य दशमलव २६ र लगानी समूह शून्य दशमलव १५ अंकले घटेको छ । त्यस्तै व्यापार समूह ५५ दशमलव शून्य ४, होटल तथा पर्यटन समूह १४ दशमलव १६, जलविद्युत् समूह १०२ दशमलव ६५, वित्त समूह ६५ दशमलव ५३, निर्जीवन बीमा समूह १४ दशमलव ९३, उत्पादन समूह ८४ दशमलव ६८, लघुवित्त समूह ९८ दशमलव १, जीवन बीमा समूह ६८ दशमलव शून्य ७ अंकले बढेको छ ।

सोमबारको कारोबारका आधारमा ङादी ग्रुप अफ पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३९ करोड ३० लाख ३७ हजार रुपियाँको कारोबार भएको छ । हिमालयन डिस्ट्रिलरी ३३ करोड ५६ लाख ५२ हजार, एनआईसी एसिया बैंकको ३३ करोड ४१ हजार ६५ हजार, कृषि विकास बैंकको ३२ करोड ८५ लाख ९२ हजार र नेपाल बैंकको ३२ करोड ३१ लाख १५ हजार रुपियाँबराबरको शेयर कारोबार भएको छ । समग्र परिसूचकमा गिरावट आए पनि विशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, ग्रिन लाइफ हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, ङादी ग्रुप अफ पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । तर, एनआईसी एसिया ऋणपत्र, पोखरा फाइनान्स, सनराइज प्रस्ट म्युचुअल फन्ड१, सनराइज बैंक र लक्ष्मी बैंकका लगानीकर्ताले भने तुलनात्मक रूपमा बढी गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्