आयशाको ओठप्रति आक्रोश

210
Shares

बलिउड अभिनेत्री आयशा टाकियाले त्यति धेरै फिल्ममा खेलेकी छैनन्, तर उनी बेला—बेलामा विभिन्न कारणले चर्चामा आइरहन्छिन्।

बेला—बेलामा सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरूलाई आफ्नाबारे जानकारी दिइरहेकी हुन्छिन्। निर्दोष अनुहार र मुस्कानका कारण धेरैको मनमा बस्न सफल आयशाले हालै आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा केही फोटो तथा भिडियो सेयर गरेर फ्यानहरूलाई आश्चर्यचकित बनाएकी छिन्। उक्त फोटोमा आयशाकोे ओठ पहिलेभन्दा निकै ठूलो देखिएको छ। उनको ओठको बनोट हेर्दा उनले आफ्नो ओठको सर्जरी गराएको जस्तो देखिन्छ। आयशाले ओठको सर्जरी गराएको अनुमान लगाउँदै फ्यानहरूले सामाजिक सञ्जालमा उनलाई ठूलो ओठले भद्दा देखिएको र पहिलेकै रूप राम्रो रहेको भन्दै उनीप्रति आक्रोश पोखिरहेका छन्।

केहीले उनलाई ट्रोल गरिरहेका छन्। फ्यानहरूले उनलाई एलिएनजस्तो देखिएको र बारम्बार प्लास्टिक सर्जरी गराएर आफ्नो रूप पहिलेको भन्दा निकै नराम्रो बनाएको भनेर कमेन्ट गरेका छन्। केही फ्यानले भने आयशाको यस्तो रूप देखेपछि आफूहरूले उनलाई प्यारी हिरोइनको लिस्टबाट हटाइदिएको टिप्पणीसमेत गरेका छन्। पहिले पनि अनुहारको सर्जरी गराएकी आयशा सर्जरीकै कारण फ्यानको निशानामा परेकी थिइन्। टार्जन : द वन्डर कारमार्फत बलिउडमा डेब्यु गरेकी आयशा बोरीवाली और ब्रुसली नामक फिल्मबाट कम ब्याक हुन लागेको भन्ने चर्चा चले पनि हाल उक्त फिल्मबारे कुनै अपडेट भएको छैन।