नयाँ आर्थिक वर्षमा शेयर बजारको सकारात्मक शुरूआत



नेपाल समाचारपत्र, काठमाडौं ।

नयाँ आर्थिक वर्षको पहिलो साताको शेयर कारोबार उत्साहजनक रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यतिर केही धर्मराएको शेयर बजार नयाँ आर्थिक वर्षको शुरूआतसँगै सुधार भएको हो ।चार दिनमात्रै शेयर बजारमा कारोबार यस साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ९७ दशमलव २१ अंकले बढेर २९८० दशमलव ६१ बिन्दुमा पुगेको थियो । सो दिन दुई करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर रु ११ अर्ब ६८ करोड ८१ लाख २६ हजार रुपियाँमा कारोबार भयो । १९४ वटा कम्पनीको शेयर मूल्य बढेको दिन २२ वटा कम्पनीको शेयर मूल्य घट्दा पाँचवटा कम्पनीको शेयर मूल्य स्थिर रहेको थियो ।

साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १३ दशमलव ९७ अंकले बढेर २९९४ दशमलव ५८ मा पुगेको थियो । २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार कित्ता शेयर ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार रुपियाँमा कारोबार भएको थियो । सोमबारको कारोबारपछि बजार पुँजीकरण ४१ खर्ब ६५ अर्ब ६१ करोड ४७ हजार रुपियाँ पुगेको थियो । साताको तेस्रो दिन मंगलबार नेप्से ९ दशमलव शून्य१ अंकले ओरालो लागेर २९८५ दशमलव ५७ बिन्दुमा झरेको थियो । कुल २१९ कम्पनीको तीन करोड १६ लाख आठ हजार कित्ता शेयर ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार रुपियाँमा कारोबार भयो । सो कारोबारपछि बजार पुँजीकरण ४१ खर्ब ५३ अर्ब ७ करोड ९० लाख ३४ हजार रुपियाँमा पुगेको थियो । साताको अन्तिम कारोबार दिन बिहीबार कारोबार नेप्से १८ दशमलव ७५ अंकले बढेर ३००४ दशमलव ३१ बिन्दुमा पुगेको छ । कुल २२२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर ११ अर्ब ११ करोड ४१ लाख २१ हजार रुपियाँमो कारोबार भएपछि बजार पुँजीकरण ४१ खर्ब ७९ अर्ब १७ करोड ४७ लाख ३१ हजार रुपियाँ पुगेको छ । साताभर २२२ कम्पनीको ४२ अर्ब ५१ करोड ३५ लाख ९६ हजार रुपियाँमा १५ करोड ४० लाख ६ हजार कित्ता शेयर कारोबार भयो ।

साताभर माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले ३० दशमलव ९२ प्रतिशतले कमाएका छन् । यस्तै, लक्ष्मी इक्विटी फन्ड २७ दशमलव ३९, लक्ष्मी उन्नति कोष २४ दशमलव २५, कृषि विकास बैंक २७ दशमलव ७६ र सिइडिबी हाइड्रोपावरका लगानीकर्ताले २२ दशमलव ६२ प्रतिशतले कमाएका छन् । त्यस्तै राष्ट्रिय बीमा कम्पनीका संस्थापक शेयरधनीले ५ दशमलव ५५ प्रतिशतले गुमाउँदा गोर्खाज फाइनान्स ५ दशमलव ४४, सारथी नेपाल लघुवित्त ४ दशमलव ६६, एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर ४ दशमलव ५९ र मल्टीप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले ४ दशमलव१९ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्