मुख्यमन्त्री र मन्त्रीहरु बीच कार्यसम्पादन सम्झौता



हेटौंडा, (नेस) ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरु बीच कार्यसम्पादन सम्झौता गरिएको छ । गत आर्थिक वर्षमा जस्तै चालु आर्थिक वर्षको सुरुमै कार्यसम्पादन सम्झौता गरिएको हो । करार सम्झौता आगामी असारसम्म लागु हुनेछ ।

प्रदेशका कामकारबाही तीव्र र प्रभावकारीरुपमा अघि बढाउने उद्धेश्यले मुख्यमन्त्री पौडेलले प्रदेशका मन्त्रीहरुसFग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गराउनुभएको हो । मुख्यमन्त्री पौडेलले आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाFल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जेलामा र सामाजिक विकास मन्त्री सरस्वती बस्नेतसFग कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।

मन्त्रीहरुसFग आफूले नीतिगत्रुपमा गर्ने कार्यबारे सम्झौता गरेको मुख्यमन्त्री पौडेलले प्रतिक्रिया दिनुभयो । मन्त्रीहरुसFग भएको नीतिगत् सम्झौताको कार्यान्वयनको मूल्यांकन गरिने भन्दै पौडेलले सम्झौताले काम गर्ने उत्प्रेरणा पनि प्राप्त हुने विश्वास रहेको बताउनुभयो ।

‘इमान्दारितापूर्वक काम गर्न र प्रतिवद्धता पूरा गर्न मन्त्रीहरु सचेत होऊन् भन्नाका लागि सम्झौता गरिएको हो । नीतिगत् सम्झौताअनुसार काम भए/नभएबारे मूल्यांकनसमेत गर्नेछौं,’ मुख्यमन्त्री पौडेलले भन्नुभयो ।

मुख्यमन्त्री पौडेलले करार गरेर मन्त्रालयहरुलाई थप जिम्मेवार बनाइएको बताउनुभयो । इमान्दारितासाथ काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै उहाँले गत आर्थिक वर्षमा कति काम भयो भनेर पहिले हेर्न अनि हालको काम गर्न सुझाउनुभयो ।

मुख्यमन्त्री र मुख्यमन्त्री कार्यालय प्रमुख सचिव डा. मुकुन्द पौडेलबीच पनि सम्झौता भएको छ । प्रदेशमा अब मन्त्रीमार्फत् सचिवहरुसFग र सचिवहरुमार्फत् विभागीय प्रमुख र मातहत कार्यालय प्रमुखसFग कार्यसम्पादन सम्झौता हुनेछ । बजेट कार्यान्वयन, नीति तथा कार्यक्रम कार्यान्वयन, मन्त्रालयले आफ्नै नेतृत्वमा गर्ने कार्यक्रमको कार्यान्वयनमा प्रभावकारी काम गर्न कार्यसम्पादन सम्झौता गरिएको हो । सम्झौतापश्चात् मन्त्रालयगत् प्रगति विवरण चौमासिकरुपमा मुख्यमन्त्री कार्यालयले प्रकाशन गर्ने बताइएको छ ।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र मातहत मन्त्रालय र कार्यालयले गर्ने योजना र खर्चका विषयमा माथिल्लो निकायले तत्काल हेर्न सक्ने गरी तयार पारिएको सफ्टवयरको मुख्यमन्त्री पौडेलले प्रारम्भ गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्