देशभर थप २९७७ जनामा कोरोना संक्रमण, १८ को मृत्‍यु

476
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप २,९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै थप १८ जनाको मृत्‍यु भएको छ भने १६७८ जना संक्रमण मुक्त भएका छन् ।

१३६९८ जनाको पीसीआर परीक्षण गर्दा १९८२ र ३६१० जनाको एन्टीजेन परीक्षण गर्दा ९९५ जना गरी २९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ६६१ रहेको छ ।