पार्टी नेतृत्वले गलत सोच राख्दा दुई तिहाईबाट खुम्चिनु पर्‍यो : नेता नेपाल



पुष्कर बुढाथोकी, भक्तपुर ।

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टीमा लोकतान्त्रिक चरित्र विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाल पक्षनिकट युवासंघ नेपालले आज भक्तपुरको सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा आयोजना गरेको ‘पिपुल्स भोलेन्टियर’ घोषणा कार्यक्रममा उहाँले पार्टी नेतृत्वले गलत सोच राख्दा संसदमा दुई तिहाईबाट सानो संख्यामा खुम्चिनु परेको बताउनुभयो ।

पार्टी नेतृत्व आफ्नै पार्टीका सांसदको मत नपाउने अबस्थामा किन पुग्यो निर्मम समीक्षा जरुरी रहेको बताउनुभयो ।अहंकारको घोडामा चढेको बादशाहले घोडाबाट ओर्लेपछिमात्र बास्तबिकता थाहा पाउनुे बताउँदै पार्टी नेता प्रधान नभई नीति प्रधान हुनपर्नेमा जोड दिनुभयो ।
अहिले कम्युनिष्ट आन्दोलनमा कालो बादल मडारीईरहेको भन्दै उहाँले जनता साथमा नरहे पार्टीको अस्तित्व पनि सकिने बताउनुभयो ।

उहाँले चुनौैतीबाटै खारिएर कम्युनिस्ट राजनीति गर्नुपर्ने बताउँदै नेता अहंकारी भए की भनेर जाँच्नुपर्ने दिन आएको बताउनुभयो ।
उहाँले नयाँ गठन भएको फोर्सलाई ईमान्दार भएर देश र जनता र पार्टीको हितमा काम गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले एमाले अध्यक्ष ओलीप्रति संकेत गर्दै बोल्दा पनि ठाउँ राखेर बोल्न सुझाब दिनुभयो ।
बिगतमा धेरै पुत्ला जलाईउका कांग्रेसका तत्कालिन सभापति गिरीजाप्रसाद कोईरालाको राजनीतिक उचाई र ब्यक्तित्व झन् चुलिएको भन्दै अहिले पुत्जा जलाईएका नेता नेपालको उचाई झन् बढ्ने बताउनुभयो ।

नेपालमा देशको एउटै मात्र सेना हुने भन्दै उहाँले साईबर सेना र आईटी आर्मी गठन गलत भएको बताउनुभयो । कार्यक्रममा एमाले नेता बलराम बास्कोटा,देबशंकर पौडेल,दिल कुमारी पन्त,निरज आचार्य,अनेरास्वबियुका अध्यक्ष सुदेश पराजुली,भक्तपुर जिल्ला अध्यक्ष रजन केसी,युवा संघका अध्यक्ष नरेश शाही लगायतले नव गठित पिपुल्स भोलेन्टियरले समाजको बिकृति,बिसंगतीबिरुद्ध जनचेतना अभिबृद्धि गर्ने बताउनुभयो ।

अध्यक्ष केपी शर्मा ओली पक्षले युथफोर्स ब्युँत्याएसँगै नेपाल पक्षले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेको छ । एमाले वरिष्ठ नेता नेपालले एक हजार एक सदस्यीय ‘पिपुल्स भोलेन्टियर’ घोषणा गर्नुभयो। जसको प्रमुखमा शिव श्रेष्ठ, सचिवमा मनोज खत्री र जसको मार्गदर्शन युवा संघले गर्ने र इन्चार्जमा संघका उपमहासचिब सञ्जीव राई रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्