कमेडी च्याम्पियनका पौडेललाई ताप्लेजुङबाट पुरस्कार घोषणा


ताप्लेजुङ, (नेस)।

ताप्लेजुङबाट कमेडी च्याम्पियन सिजन २ का प्रतिस्पर्धी रहेका भरतमणि पौडेललाई गृह जिल्लाबासीले पुरस्कार घोषणा गरेका छन्।
उनका लागि ६ लाख रुपैयाँ राशिको पुरस्कार घोषणा गरिएको हो।

ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य, नेकपा एमाले पार्टीका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईको समन्वयमा कलाकार पौडेललाई प्रोत्साहन गर्नका लागि पुरस्कार घोषणा गरिएको हो। भट्टराईले व्यक्तिगतरूपमा एक लाख रुपैयाँ, ताप्लेजुङ सरोकार समाजले दुई लाख रुपैयाँ, ताप्लेजुङ सरोकार केन्द्रले दुई लाख तथा रेडियो तमोरको तर्फबाट एक लाख रुपैयाँ गरी ६ लाखको पुरस्कार घोषणा गरिएको छ।

पुरस्कार पौडेलको च्याम्पियन यात्रा सकिएपछि प्रदान गरिनेछ।कलाकार पौडेल कमेडी च्याम्पियनको उत्कृष्ट ६ मा प्रतिस्पर्धा गरिरहेका छन्। जिल्लाको उदाउँदा कलाकारलाई प्रोत्साहनस्वरूप सो पुरस्कार घोषणा गरिएको भट्टराईले बताए।