भिडियोमा हाकु मैचा


सञ्चारकर्मी एवं कलाकार सुरजवीर बज्राचार्यको नयाँ गीतहाकुमैचाको म्युजिक भिडियो लोकार्पण भएको छ।

आफ्नो प्रियालाई जुनसुकै शर्तमा पनि जीवन साथी बनाउने संकल्पभाव रहेको नेपाल भाषाको यो गीत मध्यपुर थिमिनगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले लोकार्पण गरेका हुन्। कार्यक्रममा मेयर श्रेष्ठले नेपाल भाषामा निर्माण गरिएको गीतलाई व्यावसायीकरण गर्नुपर्नेमा जोड दिए। थिमिमा आयोजित कार्यक्रममा लोकार्पण भएको कार्यक्रममा रचनाकार तथागायक सुरजवीर बज्राचार्यले प्यारोडी गीतका रूपमा सिर्जित हाकु मैचाले आफ्नो मौलिक रूप पाएको दाबीगर्दै संगीतकार जुगल डंगोलको साथले नवरूप प्राप्त गर्न सफल भएको स्मरण गरे।

गीतको म्युजिक भिडियो बाल मुकुन्द प्रजापतिको निर्देशनमा तयार भएको छ भने देवेन्द्र प्रजापतिको छायांकन एवं सम्पादन रहेको छ। नेपाल सांस्कृतिक उत्थान परिषद्को ब्यानरमा तयार भएको म्युजिक भिडियोमा अनु खड्का, रमेश बल्ल तथा आशाराम शिल्पकार मुख्य भूमिकामा छन् भने कलाकारहरू डेरिका छन्त्याल, आरती भासिमा, अस्मिता मानन्धर, लिजा तथा निशा प्रजापतिको समेत साथ रहेको छ। म्युजिक भिडियोमा दीपक बज्राचार्य र सागर बनमालाको संयुक्त कोरियो ग्राफी रहेको छ।