प्रज्ज्वलको मायाको परिभाषा


सञ्चारकर्मी प्रज्ज्वल शाक्यले गाएको मायाको परिभाषा बोलको गीत सार्वजनिक  भएको छ। युगलगीतमा उनलाई वन्दना खड्काले स्वरमा साथदिएकी छिन्। गीतको म्युजिक भिडियो पनि एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ। रेडियो उपत्यका एफ एम सञ्चालन गरिरहेका युगवाणी नेटवर्कका अध्यक्ष पुष्पराज पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपालपत्रकार महासंघका अध्यक्ष विपुलपोखरेलले सञ्चारकर्मीहरूको गायन यात्राको प्रशंसा गरे। विशेष अतिथि पूर्वराज्य मन्त्रीती र्थराम डंगोल, चलचित्र पत्रकार विजयरत्न तुलाधर अशंबरेलगायतले कुनै पनि यात्रामा पहिलो पाइला महत्वपूर्ण हुने चर्चा गरे।

गीतको म्युजिक भिडियोमा प्रतीश शाक्य, प्रयुक्ता केसी, बिगेन तुलाधर, सरला सिलवाल, अम्बिका राईलगायतका साथमा गायक—गायिका प्रज्वल शाक्य र वन्दना खड्काले पनि अभिनय गरेका छन्। म्युजिक भिडियोमा छायांकन तथा सम्पादन सोहनमानन्धर, नृत्य निर्देशन आराध्य लक्ष्मी खड्गी र गायक शाक्यको निर्देशन रहेको छ। गीतमा संगीत संयोजन लक्ष्मी प्रकाश मल्ल, रचनाएवं संगीत राजकुमार रायमाझीको रहेको छ।