तीजलाई दुई दिनको घामछायाँ


हिन्दू महिलाहरूको पर्व तीजआउन झन्डै २ महिना बाँकी छ। तर, तीजगीतको लहर भने शुरू भइसकेको छ। गायक गायिकाहरूले तीज लक्षित गीत तयार पारी सार्वजनिकगर्न थालेका छन्।

यसै क्रममा गायिका एवं सञ्चारकर्मी अनिताच लाउनेको नयाँ तीज गीत दुई दिनको घामछायाँ हालै म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।अनिताको युट्युबच्यानलमार्फत रिलिज भएको उक्त गीतमा उनको साथमा एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारी र बेनिशा पौडेलको स्वर रहेको छ।

दीपक शर्माको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडियोमा प्रथम मिस नेपाल रुबी राणा, अनिता चलाउने, रचना रिमाल, एलिना चौहान, समीक्षा अधिकारी, बेनिशा पौडेल तथानिश्मा घिमिरेले नृत्य गरेका छन्। गम्भीर विष्टको निर्देशन रहेको म्युजिक भिडियोमा सुबोल थापाको कोरियोग्राफी, नवराज उप्रेतीको छायाँ कन र नवीननिरौलाको सम्पादन रहेको छ।